सञ्जयका लागि प्रार्थना गर्नुहोस्, अफवाह नफैलाउनुहोस् : मान्यता दत्त

बलिउड अभिनेता सञ्जय दत्त बिरामी भएको खबर बाहिर आएपछि उनको पत्नी मान्यता दत्तले यसबारे बयान जारी गरेकी छिन् । बुधबार जारी गरिएको बयानमा सञ्जयको शीघ्र स्वास्थ्य लाभका लागि कामना गर्ने सबैलाई धन्यवाद दिएकी छन् ।
मान्यताले भनेकी छन्, ‘म सञ्जुका फ्यानहरुलाई आग्रह गर्न चाहन्छु कि कुनै अफवाह र समाचारमा विश्वास नगर्नुहोला । म चाहन्छु कि तपाईंहरु मात्र यसरी नै माया र साथ दिइराख्नुहोला । पछिल्लो कयौँ वर्षमा हाम्रो परिवारले कयौँ अप्ठ्याराहरु झेलेको छ र मलाई विश्वास छ कि यो समय पनि गुज्रने छ । सञ्जु र हाम्रो परिवार जहिले पनि योद्धा रहेको छ । भगवानले फेरि एक पटक हाम्रो सामु चुनौति खडा गरेर हाम्रो परीक्षा लिने फैसला गरेको छ ।’
‘यो समय हामीलाई तपाईंको आर्शिवाद र प्रार्थनाको आवश्यकता छ । तपाईंको मद्दतले हामी यसअघि जस्तै विजेता बनेर आउनेछौँ । यस अवसरको प्रयोग सकारात्मकता फैलाउन प्रयोग गर्नुहोला ।’
यसअघि सञ्जय दत्तले मंगलबार इन्सटाग्राममा एक पोष्ट सेयर गर्दै आफ्नो उपचारको लागि कामबाट ब्रेक लिने बताएका थिए । सञ्जय दत्त र उनको परिवारले उनलाई के स्वास्थ्य समस्या छ भनेर जानकारी दिएका छैनन् ।
केही दिनअघि उनलाई लीलावती अस्पतालमा भर्ती गरिएको थियो । सञ्जयले आफै ट्वीट गर्दै आफू अस्पतालमा भर्ती भएको र कोरोना परीक्षणमा नतिजा नेगेटिभ आएको जानकारी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगानी कोषका योगदानकर्तादेखि कर्मचारीलाई गङ्गालालमा छुट
-
१२ बजे, १२ समाचार : टोखामा सुटर पक्राउ गर्न प्रहरीले गोली चलायोदेखि विप्लवले कालिकोटमा गरे भेडा फार्मको उद्घाटनसम्म
-
रियल सोसिडाडलाई हराउँदै शीर्ष स्थानमा बार्सिलोनाको पुनरागमन
-
मादी गाउँपालिका स्थापना दिवसमा खुला भलिबल प्रतियोगिता
-
कालिकोटमा विप्लवले गरे भेडा फार्मको उद्घाटन
-
पाख्रिवास एमालेमा विवाद, प्रदेश अध्यक्ष खतिवडाको निर्देशन पालना भएन