शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जीन बाप्टिस्ट लेमार्क : जसले बिकासवादी सिद्धान्तको जग हाले

बिहीबार, २९ साउन २०७७, ०८ : ५५
बिहीबार, २९ साउन २०७७

Title Photo: https://todayinsci.com

‘सर !  हिँड्न नै अप्ठेरो हुनेगरी कछुवाको शरीरमा कडा खोल किन भएको हँ ? त्यो कहिल्यै हट्दैन र ? कछुवाको पनि खरायोको जस्तै बलियो र छिटो छिटो चल्ने खुट्टा हुने र जीउमा कडा खोल नहुने हो भने त्यो पनि त खरायो जत्तिकै दगुथ्र्यो होला नि ! होइन र सर ?’

प्राथमिक तहमा नैतिक शिक्षा पढाउने शिक्षकले कक्षा दुईमा ‘खरायो र कछुवा’को प्रख्यात कथा सुनाउँदै गर्दा एक जना विद्यार्थीले बीचैमा फ्याट्ट बोल्यो ।

‘कथा सिद्धिएकै छैन, बीचैमा किन बोलेको नानी ?’ आफ्नो कुरो बीचैमा काटेकोले त्यसो नगर्दा हुन्थ्यो भन्ने भावमा ती शिक्षकले विद्यार्थीलाई प्रतिप्रश्न गरे ।

‘होइन सर ! मलाई कछुवाको हालत देखेर दया लाग्यो, त्यसैले बोलेको हुँ । साँच्चै सर, कछुवा जहिले पनि त्यस्तै भद्दा शरीरको नै भइरहन्छ त ?’ –त्यो विद्यार्थीले आफ्नो कौतुहलता पुनः जाहेर गर्‍यो ।

अब भने नैतिक शिक्षा पढाउने ती शिक्षकलाई केही कुरा नभनी सुखै भएन ।

‘हतार नगर नानी ! यसबारे तिमीहरुको नैतिक शिक्षाको किताबमा सबै लेखिएको छ । तिमीहरुले पछि पढ्छौ । तैपनि तिमीले हत्ते गरी नै हाल्यौ । केही कुरा म भन्छु, सुन !’

‘तिमीहरुले ब्रम्हा देवताको नाम सुनेका छौ ? हो उहाँले नै पृथ्वीमा रहने सबै पशुपंक्षीहरुको सृष्टि गर्नुभयो । त्यसैले कछुवा, खरायो, हामी मान्छेहरु आदि सबैलाई नै ब्रम्हा देवताले जुन रुप, रङ्ग र आकारमा शुरुमा सृष्टि गर्नुभएको हो, त्यो स्थिति सदा रहिरहन्छ । कसैले चाहेर बदलिँदैन । यो जम्मै भगवानको खेल हो । तिमीलाई कछुवाप्रति दया जाग्दैमा त्यसको शरीरबाट कडा र भारी खोल हट्दैन ।’

हो, हाम्रो स्कूलहरुमा पढाइने गरेको नैतिक शिक्षाको पाठ्यबस्तुमा यस्तै कुरा लेखिएको छ । हिन्दू दर्शनअनुसार बुझ्ने कुरो यही नै हो ।

हिन्दूमात्र होइन, समस्त धार्मिक दर्शनहरुको केन्द्रीय कुरा नै यो छ कि यो पृथ्वीमा सम्पूर्ण जीवहरु केही हजार वर्ष पहिले ईश्वरले आजकै रुप, रङ्ग र आकारमा सृष्टि गरेका हुन् । जीवहरु ईश्वरको इच्छाअनुसार सृष्टि भएका हुन् र सम्पूर्ण जीवहरुको डिजाइन उनैले गरेका हुन् । त्यसैले ईश्वरले नचाहँदासम्म कुनै जीवको पनि रुप, रङ्ग र आकारमा परिवर्तन हुँदैन । धर्मान्धहरु यी कुराहरुमा नै पूर्णतः विश्वास राख्छन् । उनीहरु यस कुरामाथि कसैको प्रश्न सुन्न नै चाहँदैनन् ।


हिन्दूमात्र होइन, समस्त धार्मिक दर्शनहरुको केन्द्रीय कुरा नै यो छ कि यो पृथ्वीमा सम्पूर्ण जीवहरु केही हजार वर्ष पहिले ईश्वरले आजकै रुप, रङ्ग र आकारमा सृष्टि गरेका हुन् । जीवहरु ईश्वरको इच्छाअनुसार सृष्टि भएका हुन् र सम्पूर्ण जीवहरुको डिजाइन उनैले गरेका हुन् । त्यसैले ईश्वरले नचाहँदासम्म कुनै जीवको पनि रुप, रङ्ग र आकारमा परिवर्तन हुँदैन । धर्मान्धहरु यी कुराहरुमा नै पूर्णतः विश्वास राख्छन् । उनीहरु यस कुरामाथि कसैको प्रश्न सुन्न नै चाहँदैनन् ।


यूरोप शताब्दीयौंदेखि इशाईहरुको केन्द्र बन्दै आएको छ । इशाईहरुको धर्मग्रन्थ बाइबलमा ५÷६ हजार वर्ष पहिलेमात्र पृथ्वीमा ईश्वरले मानवलगायत सम्पूर्ण जीवहरुको सृष्टि गरेका हुन् भन्ने कुरा लेखिएको छ । तर गत उन्नाइसौं शताब्दीको शुरु समयमा ‘जीवहरु बाइबलमा लेखिएजस्तै पहिलेदेखि अपरिवर्तित भई नरहेको र तिनीहरु निरन्तर परिवर्तन भइरहेको मात्र नभई त्यो प्रकृया भविष्यमा पनि सदा रहिरहने’ कुरा एक जना प्रकृतिप्रेमीले बताए । त्यो कुराले यूरोपमा तहल्का नै मच्चियो । किनकि, त्यो कुरा हजारौं वर्षदेखि इसाईहरु सबैले शतप्रतिशत मान्दै आएको बाइबलको खिलाफ थियो ।

बाइबलले प्रकृति तथा जीवहरु अपरिवर्तनशील मान्छ । तर ती प्रकृतिप्रेमीले प्रकृति र जीवहरु परिवर्तनशील भएको बिचार व्यक्त गरेर चर्चलाई ठूलो चुनौति दिए । वास्तवमा ती प्रकृतिप्रेमीले त्यतिखेर अहिले सर्वस्वीकार्य भइसकेको महान वैज्ञानिक चार्ल्स डार्बिनले प्रतिपादन गरेको प्रकृतिकोे बिकासवादी सिद्धान्त (Theory of Evolution) को जग हाल्दै थिए । ती प्रकृतिप्रेमी को हुन् त ?

हो, उनी हुन् वैज्ञानिक जीन बाप्टिस्ट लेमार्क । वैज्ञानिक लेमार्कले ठूलो आँट गरेर हजारौं वर्ष पहिलेदेखि संसारभरका समस्त इशाई, हिन्दू वा अन्य सबै धार्मिक सम्प्रदायहरुले आँखा चिम्लेर मान्दै आएको जीवहरु परिवर्तनशील छैनन् र हुँदैनन् भन्ने विचारबिरुद्ध नयाँ विचार अगाडि ल्याए । त्यतिमात्र होइन, उनले जीवहरुमा हुने क्रमिक बिकासले नयाँ नयाँ जीवहरुको उत्पत्ति हुने अनौठौ विचार पनि ल्याए ।

यूरोपमा त्यतिखेर इशाई चर्चहरुले लेमार्कको विचारलाई धर्मबिरोधीको रुपमा ठूलो बिरोध गरे । तर उनका कैयौं विचारहरु पछि गलत भएको सावित भए पनि ‘जीवहरु क्रमिक बिकासमा रहेका छन्’ भन्ने उनको विचार भने सही भएको प्रमाणित भयो । र, त्यो विचार नै पछि चार्ल्स डार्विनको ‘बिकासवादी सिद्धान्त’ (Theory of Evolution) को जग बन्यो । जीन बाप्टिस्ट पियरे एन्टोनी डे मोनेट चेभालिएर डे लेमार्क (Jean-Baptiste-Pierre- Antoine De Monet Chevalier De Lamarck) अर्थात् जीन बाप्टिस्ट डे लेमार्कको जन्म फ्रान्सको प्राचीन पिकार्डि प्रान्तको बेजेन्टिन –ले–पेटिट भन्ने ठाउँमा सन् १७४४ को अगस्त १ तारिखमा भएको थियो । उनी फ्रान्सको एक कुलीन भारदार एवं स्थलसेनाको लेफ्टिनेण्टका एघार सन्तानमध्येका सबभन्दा कान्छा छोरा थिए ।

लेमार्कलाई उनका बाबुले इशाई धार्मिक पुरोहित बनाउने मनसायले शुरुमा अमिएन्स शहरको धार्मिक जेसुयट स्कूलमा भर्ना गरिदिए । तर उनका बाबुको मृत्युपछि लेमार्कले स्थलसेनामा भर्ति पाए । त्यहाँ उनले सन् १७६१ देखि १७६८ सम्म जम्मा ७ वर्ष काम गरे ।

सेनामा रहँदा एकचोटि लेमार्क दक्षिण भूमध्य सागरीय किनारास्थित रमणीय स्थल फ्रान्सको राइभिएरामा केही समय बसेका थिए । त्यसबेला त्यहाँ उनले विविध प्रकारका बोट–बिरुवाहरु देखे, जसबाट उनी प्रकृति विज्ञानतर्फ आकर्षित हुनपुगे । उनले केही समयपछि नै सेनाबाट राजीनामा दिए । र, लगत्तै उनी शुरुमा चिकित्साविज्ञान र पछि बनस्पतिविज्ञानको अध्ययनमा लागे । लेमार्कले बनस्पति विज्ञानको अध्ययनको लागि पेरिसस्थित शाही बनस्पति उद्यान (The royal botanical gardens)  मा काम गर्ने फ्रेन्च बनस्पतिविद् बर्नार्ड डे ज्युसियूलाई गुरु माने । अर्थात् उनले बनस्पतिविद् ज्युसियूको सहयोगीको रुपमा रही आफ्नो अध्ययनलाई अगाडि बढाए ।


सेनामा रहँदा एकचोटि लेमार्क दक्षिण भूमध्य सागरीय किनारास्थित रमणीय स्थल फ्रान्सको राइभिएरामा केही समय बसेका थिए । त्यसबेला त्यहाँ उनले विविध प्रकारका बोट–बिरुवाहरु देखे, जसबाट उनी प्रकृति विज्ञानतर्फ आकर्षित हुनपुगे । उनले केही समयपछि नै सेनाबाट राजीनामा दिए । र, लगत्तै उनी शुरुमा चिकित्साविज्ञान र पछि बनस्पतिविज्ञानको अध्ययनमा लागे ।


वैज्ञानिक लेमार्कले नौ वर्षसम्म निरन्तर रुपले विविध बनस्पतिहरुको संकलन गर्ने तथा बनस्पति विज्ञानमा कडा अध्ययन गर्ने काम गरे र, नौ वर्षको अध्ययनको निचोडको रुपमा उनले सन् १७७८ मा फ्रान्समा पाइने सबैजसो बोट–बिरुवाहरुको सूची (Flora of France) तीनवटा ग्रन्थहरुमा प्रकाशित गरे । ती ग्रन्थहरु बोट बिरुवाहरुको पहिचानको लागि अत्यन्त उपयोगी पुस्तिकाको रुपमा ‘फ्रेन्च फ्लोरा’ (French Flora) को नामबाट प्रख्यात भए ।

लेमार्कको ‘फ्रेन्च फ्लोरा’ उनीभन्दा केही समयअगाडिका स्विडिस बनस्पतिविद् क्यारोलस लिमयस (१७०७–१७०८)को कामसँग असम्बन्धित देखिन्थ्यो । र, उनको त्यो मौलिक तरिकाको कामले उनलाई फ्रान्सको विज्ञान एकेडेमी (Acadmy of Sciences)  को सदस्यमा नियुक्त हुन मद्दत गर्‍यो । त्यतिखेर त्यस एकेडेमीमा ४२ जनाभन्दा बढी सदस्यहरु रहँदैनथे ।

विज्ञान एकेडेमीको सदस्य रहेकै बेला वैज्ञानिक लेमार्कले त्यस समयका प्रभावशाली प्रकृतिविद् काउण्ट जर्जेज डे बफोनका छोरालाई ट्यूशन पढाउने काम पनि गरे । यो काम उनले दुई वर्ष लगाएर मध्ययूरोपका विभिन्न ठाउँमा रहेका बनस्पति उद्यानहरु र अन्य विद्वत संस्थानहरुको भ्रमण गर्दाको समयमा गरेका हुन् ।

त्यसपछिका वर्षहरुमा लेमार्कले ‘शैलीगत विश्वकोष’ (Methodic Encyclopaedia) को लागि बनस्पतिसम्बन्धी ठेलीका ठेली लेख–रचनाहरु तयार पारे । र, उनले सुकेका बोट विरुवाहरुको व्यवस्थित संकलन गर्ने संग्रहालय ‘शाही हर्बोरियम’का रक्षक तथा संकलनकर्ताको रुपमा पनि काम गरे ।

सन् १७८९ को फ्रेन्च क्रान्ति नयाँशैलीको राजनीतिको साथसाथै नयाँ र फरक किसिमका बौद्धिक संस्थाहरुप्रति समर्पित थियो । त्यसैले क्रान्तिपछि फ्रान्समा पुरानो ‘प्राकृतिक इतिहासको शाही संकलन’ले निरन्तरता पाउन सकेन । त्यसबाट संकलन केन्द्रमा दुर्लभ र अद्भूतजस्ता प्राकृतिक बस्तुहरुको प्रदर्शनका लागि लापर्वाही किसिमको क्याविनेटहरु (घर्राहरु) प्रयोग हुनथाले । लेमार्कले यस सम्बन्धमा विरोध गर्दै राष्ट्रिय सभामा एक ध्यानाकर्षण पत्र पठाए । र, उनले प्राकृतिक इतिहासको एउटा ठूलो संग्रहालय खोलेर विज्ञानको प्रगतिको लागि पहल गरियोस् भनी सरकारसँग माग गरे । लेमार्कको के विचार थियो भने, प्रकृतिबाट संकलन गरिएका प्रकृतिक वस्तुहरुलाई व्यवस्थित ढंगले क्रमगत रुपमा राखिनुपथ्र्यो । र प्राणी, बनस्पति तथा खनिजहरुलाई विभिन्न वर्गहरुमा उप–विभाजन गरिनुपथ्र्यो । उनका अनुसार त्यस्तो व्यवस्थित रखाई र विभाजन नै व्यवस्थित ज्ञानको आधार बन्थ्यो ।


सन् १७८९ को फ्रेन्च क्रान्ति नयाँशैलीको राजनीतिको साथसाथै नयाँ र फरक किसिमका बौद्धिक संस्थाहरुप्रति समर्पित थियो । त्यसैले क्रान्तिपछि फ्रान्समा पुरानो ‘प्राकृतिक इतिहासको शाही संकलन’ले निरन्तरता पाउन सकेन । त्यसबाट संकलन केन्द्रमा दुर्लभ र अद्भूतजस्ता प्राकृतिक बस्तुहरुको प्रदर्शनका लागि लापर्वाही किसिमको क्याविनेटहरु (घर्राहरु) प्रयोग हुनथाले । लेमार्कले यस सम्बन्धमा विरोध गर्दै राष्ट्रिय सभामा एक ध्यानाकर्षण पत्र पठाए । र, उनले प्राकृतिक इतिहासको एउटा ठूलो संग्रहालय खोलेर विज्ञानको प्रगतिको लागि पहल गरियोस् भनी सरकारसँग माग गरे ।


वैज्ञानिक लेमार्क संग्रहालय संकलनको आधुनिक अवधारणाका एक जन्मदाता थिए । सन् १७८९ को फ्रेन्च क्रान्तिपछि लेमार्कले माग गरेअनुसार फ्रान्समा जब ‘प्राकृतिक इतिहासको राष्ट्रिय संग्रहालय’ (National museum of national history) को स्थापना भयो, त्यसको ‘इन्भर्टिब्रेट’ शाखाको इन्चार्ज लेमार्क स्वयं बनाइए । लेमार्कले त्यस समयसम्ममा ढाडमा हाड नहुने प्राणीहरु (Invertebrates) का थुप्रै महत्वपूर्ण नमूनाहरु संकलन गरिसकेका थिए । त्यही कारणले पनि नयाँ स्थापना भएको संग्रहालयको इन्भर्टिब्रेट शाखाको जिम्मा उनलाई दिइएको थियो ।

लेमार्कको सन्दर्भमा अर्को एउटा महत्वपूर्ण कुरा के थियो भने, प्राचीन जीवहरुको बारे किताबको रुपमा रहेका चट्टानहरुमा च्यापिएर रहेका जीवावशेषहरु (Fossils) लाई समान गुणहरुको आधारमा जीवित जीवहरुसँग तुलना गरी अध्ययन गर्ने उनी पहिला व्यक्ति हुन् । जीवावशेषहरुबाट प्राप्त प्राचीन जीवहरु जुन वर्तमानमा अस्तित्वमा छैनन्, तिनीहरुलाई वर्तमानमा अस्तित्वमा रहेका जीवहरुसँग तुलना गरेर हेर्ने कामबाट नै जीवहरुको क्रमिक विकासलाई हेर्न सकिन्छ । त्यसैले लेमार्कको त्यस कामबाट बिकासवादी सिद्धान्तलाई ठूलो आधार मिल्न गयो ।

यूरोपमा अठारौं शताब्दीको अन्त्यसम्ममा रसायनशास्त्र, शरीरविज्ञान, जीवविज्ञान आदि क्षेत्रमा ठूलो विकास भयो । वैज्ञानिक एण्टानी लाभ्वाजरले हावामा अक्सिजन ग्याँस भएको पत्ता लगाएपछि त रसायनशास्त्रले एक फड्को नै लियो । तर यी वैज्ञानिक उपलब्धीहरुबारे केही विशेषज्ञहरुलाई मात्र राम्रो थाहा हुन्थ्यो । लेमार्क के चाहन्थे भने वैज्ञानिक उपलब्धीहरु सर्वसाधारणहरुका चासोका विषय पनि बनून् । त्यसैले उनले अठारौं शताब्दीको अन्त्यतिर आएर भौतिक प्रक्रियाहरु, रसायनशास्त्र, भूगर्भशास्त्र, मौसमविज्ञान र जीवनबारे नै व्याख्या गरिएको एउटा एकीकृत दृष्टिकोण भएको पुस्तिकाहरुको श्रृंखला नै प्रकाशित गर्ने योजना बनाए । त्यसअनुरुप सन् १७९४ मा लेमार्कले पदार्थ र शक्तिबीचका प्रतिक्रियाहरुबारेका दुईवटा ग्रन्थहरु प्रकाशित गरे । त्यस्तैगरी सन् १७९६ मा उनले ‘रेपुटेशन अफ द न्यूमाटिक थ्र्योरी, अर अफ द न्यू डक्ट्रिन अफ मोडर्न केमिष्टस्’ (Reputation of the Pneumatic Theory or of the New Doctrine of Modern Chemists) नामको ग्रन्थ प्रकाशित गरे ।

सन् १८०२ मा लेमार्कको ‘जल भूगर्भशास्त्र’ (Hydrogeology)  नामको ग्रन्थ प्रकाशित भयो । त्यस किताबमा उनले प्राचीन समयमा पृथ्वीको सतहमा आएका ठूला ठूला बाढीहरुको श्रृंखलाको राम्रो व्याख्या गरे । र, बाढीको कारणबाट पानीले बगाएर ल्याई थुपारेका जैविक पदार्थहरुबाट अहिलेका महादेशीय भूभागहरु बनेको कुरा पनि उनले प्रष्ट पारे । लेमार्कले के महशूस गरे भने, पानीले बगाएर ल्याएको माटो थुप्रिएर बनेका चट्टानहरुमा भेटिएका जीवावशेषहरुको प्रकृति हेरी ती चट्टानहरु समुद्रको गहिराईमा थेग्रिएर बनेका हुन् कि माथि समुद्री किनारामा थेग्रिएर बनेका हुन् त्यसबारे राम्ररी नै भन्न सकिन्छ ।

सन् १८०० मा लेमार्कले ‘सिस्टमाटिक बायोलोजी अफ द इन्भर्टिब्रेट्स’ (systematic biology of the invertebrates) प्रकाशित गरे । त्यसमा उनले वैज्ञानिक क्यारोलिन लिनियसले द्विविधामा छोडेका तल्ला प्राणीहरुको वर्गीकरणमा सुधार गरी व्याख्या गरे ।

त्यस्तैगरी एक वर्ष पछाडि अर्थात् सन् १८०१ मा लेमार्कको अर्को किताब ‘सिस्टम अफ इन्भर्टिब्रेट एनिमल्स, अर जनरल टेबल अफ क्लासेज’ (System of Invertebrate Animals, or General table of Classes)  प्रकाशित भयो । यो किताब वास्तवमा लेमार्कले आफ्नो ३० वर्षको व्यवहारिक अनुभवको निचोडको कृतिको रुपमा प्रकाशित गरेका थिए ।

लेमार्कले ढाडमा हाड नहुने जन्तुहरु (Invertebrates) बारे धेरै नै अध्ययन गरे । उनले ती जन्तुहरुलाई एउटा व्यवस्थित क्रमिकतामा राखेर हेर्ने पद्धतिलाई जन्म दिए । त्यो पद्धतिले जीवविज्ञान क्षेत्रमा उन्नाईसौं शताव्दीभरि र अझ अहिलेसम्म पनि एउटा पथप्रर्दशकको रुपमा काम गरिरहेको छ । यस सम्बन्धमा लेमार्कले सन् १८१५ देखि १८२२ सम्म जम्मा ७ वर्ष समय लगाएर एउटा महत्वपूर्ण कृति प्रकाशित गरे । त्यो थियो– ‘नेचुरल हिस्टोरि अफ इन्भर्टिब्रेट एनिमल्स्’ (Natural History of Invertebrate Animals)  ।


जीव बिकासको सम्बन्धमा लेमार्कको महत्वपूर्ण विचार के थियो भने, जीवनको बिकास भर्‍याङ्गको सिँढीजस्तै तलबाट माथि अर्थात् सबभन्दा सरलबाट सबभन्दा जटिलतर्फ क्रमिक रुपमा भयो । उनका अनुसार, यो एउटा विशालतम क्रम थियो, जसमा अत्यन्तै सुक्ष्म जीवबाट जीवनको बिकास भई अत्यन्तै जटिल जीव मानवसम्म आइपुग्यो ।


जीव बिकासको सम्बन्धमा लेमार्कको महत्वपूर्ण विचार के थियो भने, जीवनको बिकास भर्‍याङ्गको सिँढीजस्तै तलबाट माथि अर्थात् सबभन्दा सरलबाट सबभन्दा जटिलतर्फ क्रमिक रुपमा भयो । उनका अनुसार, यो एउटा विशालतम क्रम थियो, जसमा अत्यन्तै सुक्ष्म जीवबाट जीवनको बिकास भई अत्यन्तै जटिल जीव मानवसम्म आइपुग्यो । उनले यो विचार सन् १८०२ मा प्रकाशित उनको किताब ‘रिसर्च अन द अर्गनाइजेशन अफ लिभिङ्ग बडिज’मा उल्लेख गरेका थिए ।

सन् १८०९ मा लेमार्कले एउटा महत्वपूर्ण किताब प्रकाशित गरे जसमा उल्लेखित विचारले जीवविज्ञान क्षेत्रमा हलचल पैदा गरिदियो । त्यो किताब थियो– जूलोजिकल फिलोसोफि । त्यस किताबमा उनले साधारण जीवबाट जटिल जीवमा बिकास हुन दुईवटा नियमहरुले काम गर्ने कुरा बताए । पहिलो नियम के थियो भने, जीवहरुले जुन अङ्गलाई अत्यधिक प्रयोगमा ल्याउछन् त्यो अङ्ग बिकसित हुँदै जान्छ र जसलाई प्रयोगमा ल्याईंदैन त्यो कमजोर हुँदैजान्छ । त्यस्तैगरी दोस्रो नियम थियो– जीवहरुले आफ्नो जीवनकालमा त्यसरी बिकसित वा कमजोर अङ्गको रुपमा पाएका गुणहरु आफ्ना सन्तानहरुमा सार्छन् । उनका यी प्रख्यात नियमहरुलाई प्रष्ट्याउन उनले जिराफका अगाडिका खुट्टाहरु र घाँटीको उदाहरण दिएका थिए । उनका अनुसार, बदलिंदो वातावरणको कारणले घाँसपातहरु जमिनको सतहमा सजिलै नपाउँदा रुखमाथिको पात खान खोज्दा शुरुमा छोटो घाँटीको जिराफलाई अगाडिको खुट्टा उचाल्नुपर्ने र घाँटी तन्काउनुपर्ने भयो । यो प्रक्रिया पुस्तौं पुस्ताले चलाउँदै जाँदा पछि जिराफको घाँटी र अगाडिको खुट्टा बिकसित भई लामो हुनपुगे र, यो गुण नयाँ पुस्ताहरुमा पनि सर्दै गयो । लेमार्कका अनुसार यही प्रक्रियाबाट नै लाखौं, करोडौं र अरबौं वर्षको समयभित्र शुरुका सरल जीवहरुबाट पछि थुप्रै जटिल जीवहरु बिकसित भए ।

लेमार्कको यो विचार प्रकाशित भएको ५० वर्ष पछाडि अर्का महान् वैज्ञानिक चार्ल्स डार्बिनको प्रख्यात किताब ‘प्रकृतिको छनौटबाट जीवहरुकोे बिकास’ (Origin of species by natural Selection) प्रकाशित भयो । त्यसबेला लेमार्कको विचारलाई रोचक र विवादास्पद भन्ने रुपमा लिइयो ।

लेमार्कको ‘जीवनकालमा ग्रहण गरेका गुणहरु सन्तानमा सर्ने’ (inheritance of acquired characters)  विचार आफैं डार्बिनको प्रकृतिको छनौट सिद्धान्तको बिपरीत छैन । डार्बिन स्वयं विश्वास गर्थे कि जीवनकालमा ग्रहण गरिएका गुणहरु सन्तानमा सर्न सक्छन् । उनले यस प्रक्रियालाई ‘यूज–एण्ड–डिस्यूज इन्हेरिटेन्स्’ (use- disuse  inheritance) भनी नामाकरण गरे।

तर सन् १९३० को दशकपछिका धेरै वंशाणुविद्हरुले लेमार्कको विचार 'inheritance of acquired charactess' गलत भएको कुरा प्रयोगद्वारा प्रमाणित गरिदिएको दावी गरे । यसो त लेमार्कको यो विचार गलत भएको कुरा सन् १८९० मा जर्मन जीवशास्त्री अगस्त वैइजमान (१८३४–१९१४)ले पनि अगाडि ल्याइसकेका थिए । उनका अनुसार जीवहरुमा प्रजनन् कोषहरु डिम्ब र शुक्रकीट अलग्गै र अन्य कोषहरु सोमा (soma) अलग्गै हुने भएकोले शरीरमा अन्य कोषहरुमा हुने परिवर्तन डिम्ब र शुक्रकीटमा सरेर जान सक्दैन । फलस्वरुप त्यो गुण सन्तानमा सर्न सक्दैन ।

सन् १९३५ तिर वैज्ञानिक फ्रान्सिस क्रिकले जीवहरुको सम्पूर्ण गुण कोषभित्र डि.एन.ए (DNA) बाट निर्धारित हने कुरा बताए । उनका अनुसार डि.एन.ए. प्रोटिनमा अनुवाद हुनसक्छ तर प्रोटिन डि.एन.ए.मा अनुवाद हुनसक्दैन । अर्थात् डि.एन.ए.मा आएको परिवर्तनले शरीरमा परिवर्तन आउनसक्छ, तर शरीरको परिवर्तन डि.एन.ए.मा जान सक्दैन । यसलाई उनले ‘केन्द्रीय जड’ (Central dogma) भनी नामाकरण गरे ।

तर एक अष्ट्रियाली जीवशास्त्री टेड स्टीलले वैज्ञानिक क्रिकको ‘केन्द्रीय जड’ सधैं सही नहुने कुरा बताएका छन् । उनका अनुसार कोषको डि.एन.ए. र प्रोटिनबीच रहने आर.एन.ए.ले पनि कहिलेकाहीं गुणहरु सार्ने बाहक (messenger)  को काम गर्नसक्छ । त्यसलाई बाहक आर.एन.ए. (messenger RNA) भनिन्छ । त्यसैले अन्य कोषहरुको वंशाणुमा आएको परिवर्तन कहिलेकाहीं बाहक आर.एन.ए.को माध्यमबाट एक प्रकारको भाइरसले प्रजनन् कोषहरुसम्म पुर्‍याउनसक्छ । तर यो विचारलाई अहिलेसम्म वैज्ञानिक टेड स्टीलले प्रयोगद्वारा पुष्टि गर्न सकेका छैनन् ।

 यसरी वैज्ञानिक लेमार्कको ‘जीवनकालमा ग्रहण गरिएको गुण सन्तानमा सर्छ’ (inheritance of acquired characters) भन्ने विवादास्पद विचार अहिलेसम्म पनि पूर्णतः गलत वा सही छ भनेर भन्न सकिएको छैन ।

तर जीवहरु स्थिर छैनन्, तिनीहरु सरलबाट जटिलतर्फ क्रमिक बिकास भई आएर मानवसम्म बिकसित भएको हो भन्ने विचार सही भएको प्रमाणित भएको छ । र, यो नै बिकासवादी सिद्धान्त (Theory of evlution) को जग बन्यो, जसलाई महान वैज्ञानिक चार्ल्स डार्बिनले आधारभूत रुपमै बिकसित गरिदिए ।


वैज्ञानिक लेमार्कको पछिल्लो जीवन सुखमय भएन । बाइबलको बिपरीत विचार व्यक्त गरेको कारणबाट चर्चले उनलाई सधैं खेदिरह्यो । चर्चप्रति विश्वास राख्ने धेरैले उनलाई घृणाको रुपमा हेरे । जीवनको अन्तिम घडीमा उनले अत्यन्तै अभाव र दरिद्रतामा बाँच्नुपर्‍यो । उनी बुढेसकालमा आएर अन्धो पनि बने ।


वैज्ञानिक लेमार्कको पछिल्लो जीवन सुखमय भएन । बाइबलको बिपरीत विचार व्यक्त गरेको कारणबाट चर्चले उनलाई सधैं खेदिरह्यो । चर्चप्रति विश्वास राख्ने धेरैले उनलाई घृणाको रुपमा हेरे । जीवनको अन्तिम घडीमा उनले अत्यन्तै अभाव र दरिद्रतामा बाँच्नुपर्‍यो । उनी बुढेसकालमा आएर अन्धो पनि बने । र, गरीवी, अन्धोपना र अपमानित जीवनको बीचमा  ८५ वर्षको उमेरमा सन् १९२९ को डिसेम्बर १८ तारिखको दिन पेरिसमा वैज्ञानिक लेमार्कको दुःखद् निधन भयो ।

वैज्ञानिक लेमार्कको जीवनको अन्तिम क्षण जति नै दरिद्र र अपमानित भए पनि जीव–विज्ञानमा उनको योगदानलाई संसारले कहिल्यै बिर्सने छैन । धर्मान्धहरुले सत्यलाई छेक्न कति निन्दनीय र अमानवीय व्यवहार गर्दा रहेछन् र सत्यलाई स्थापित गर्न वैज्ञानिकहरुले कति दुःख र अभाव व्यहोरेका छन् भन्ने कुराको एउटा उदाहरण लेमार्कको जीवन पनि रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तुल्सीदास महर्जन
तुल्सीदास महर्जन
लेखकबाट थप