बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बार्सिलोनाका खेलाडीलाई कोरोना संक्रमण

बिहीबार, २९ साउन २०७७, ०८ : ४७
बिहीबार, २९ साउन २०७७

बार्सिलोनाका एक खेलाडीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नाम नखुलाइएका ती खेलाडी प्रिसिजन प्रशिक्षणमा सहभागी ९ जना मध्ये एक रहेको क्लबले जनाएको छ । उनमा कुनै लक्षण नदेखिएको र उनी हाल घरमा नै क्वारेन्टिनमा रहेका छन् ।

बुधबार एथलेटिक बिल्बाओका ६ जना खेलाडीमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो । त्यसअघि भ्यालेन्सियाका दुई जना तथा एथ्लेटिको म्याड्रिडका दुई जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो ।

बार्सिलोनाले ती खेलाडी सिनियर टोलीको सम्पर्कमा नआएको स्पष्ट पारेको छ । बिहीबार टोली च्याम्पियन्स लिगको क्वार्टरफाइनलका लागि लिसबन जाँदैछ ।

कोरोनाभाइरसका कारण च्याम्पियन्स लिगको अन्तिम आठ पछिका सबै खेल पोर्चुगलमा एक लेगमा खेलाइँदैछ । बार्सिलोनाले शुक्रबार बायर्न म्युनिखको सामना गर्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप