बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

करिना कपुर दोस्रो पटक आमा बन्दै

बिहीबार, २९ साउन २०७७, ०८ : ३४
बिहीबार, २९ साउन २०७७

बलिउड नायक सैफ अली खान र नायिका करिना कपुर खानको परिवारमा चाँडै नै एक सदस्यको आगमन हुँदैछ । यस्तो खबर सोसल मिडिया अलि अगाडिदेखि नै चलिरहेको थियो तर अब उनको परिवार आफैंले यसबारे घोषणा गरेको छ ।

खान परिवारले बुधबार एक वक्तव्य जारी गर्दै भनेको छ, ‘हामी हाम्रो परिवारमा अर्को एक नयाँ सदस्यको पर्खाईमा छौं भनेर खबर सुनाउन पाउँदा निकै खुसी भएका छौं । हाम्रा शुभचिन्तकका माया र समर्थनका लागि सधैं आभारी छौं ।’

सैफ र करिनाले सन् २०१६ मा आफ्नो पहिलो सन्तान तैमुर अली खानलाई जन्म दिइसकेका छन् । सन् २०१८ मा करिनालाई दोस्रो सन्तान कहिले त भनेर प्रश्न सोध्दा, ‘अझै दुई वर्ष’ भनेकी थिइन् ।

स्मरण रहोस्, करिना कपुर खान सैफ अली खानकी दोस्री श्रीमती हुन् । सैफकी पहिलो श्रीमती अमृतासँग उनका दुई सन्तान (सारा अली खान र इब्राहिम अली खान) छन् ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

I am not dreaming of beaches... You are! #TakeMeBack ❤️

A post shared by Kareena Kapoor Khan (@kareenakapoorkhan) on

बुधबार सैफकी जेठी छोरी सारा अली खानको जन्मदिन हो । यो मौकामा उनले करिना कपुर दोस्रो पटक गर्भवती भएको खबरबारे जानकारी दिएका थिए ।

सोसल मिडियाको कुरा गर्ने हो भने करिना इन्स्टाग्राम प्रयोगकर्ता हुन् । सैफ कुनै पनि सोसल मिडिया पोर्टलमा छैनन् । प्रशंसकले सोसल मिडियामार्फत् नै करिना र सैफलाई बधाई दिन सुरु गरिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप