केन्द्रीय संस्करण
अर्थतन्त्र

लागु भयो बुक बिल्डिङ प्रक्रिया : सय रुपैयाँमा शेयर नपाइने, आवेदकलाई कम्तिमा ५० कित्ता

person explore access_timeसाउन २९, २०७७ chat_bubble_outline0

काठमाडौं । अंकित मूल्यभन्दा बढी (प्रिमियम) मा साधारण शेयर निष्कासन (आईपीओ) गर्न पाउने व्यवस्था कार्यान्वयनमा आएको छ । नेपाल धितोपत्र बोर्डले बुक बिल्डिङसम्बन्धी निर्देशिका जारी गर्दै त्यस्तो व्यवस्था कार्यान्वयनमा ल्याएको हो । बोर्ड सञ्चालक समितिको साउन २२ गतेको निर्णयअनुसार बुधबारदेखि त्यस्तो निर्देशिका जारी गरिएको बोर्डका कार्यकारी निर्देशक निरज गिरीले जानकारी दिए । यो निर्देशिकासँगै वर्षौंदेखि सञ्चालनमा रहेका तथा ठूलो सिञ्चित कोष भएका पब्लिक कम्पनीहरुका लागि प्रिमियम मूल्य राखेर आईपीओ निष्कासन गर्ने बाटो खुला भएको छ । यसले त्यस्ता कम्पनीहरु दोस्रो बजारको पहुँचमा आउने अपेक्षा बोर्डले गरेको छ ।

यसअघि गत फागुनमा बोर्डले धितोपत्र दर्ता तथा निष्कासन नियमावली संशोधन गरी बुक बिल्डिङमार्फत् सार्वजनिक निष्कासन गर्न पाउने व्यवस्था थप गरेको थियो । तर सोसम्बन्धी निर्देशिकाको अभावमा त्यो व्यवस्था कार्यान्वयनमा आउन सकिरहेको थिएन । अब भने निर्देशिकाले गरेको व्यवस्थापन र पूर्वाधार पुर्याएर यसरी शेयर बिक्री गर्ने बाटो खुलेको छ ।

के हो बुक बिल्डिङ ? कसरी कार्यान्वयन हुन्छ ?

बुक बिल्डिङ कुनै पनि शेयरको किताबी मूल्य निर्धारण गर्ने प्रक्रिया हो । हालसम्म सामान्यतया आईपीओहरुको किताबी मूल्य यसको अंकित मूल्य बराबर राख्दै आईपीओ बिक्री गर्ने व्यवस्था रहेकोमा त्यसरी शेयर बिक्री गर्न नचाहनेहरुलाई नयाँ किताबी मूल्य तय गर्ने पद्दति नै बुक बिल्डिङ हो ।

यो प्रक्रियामार्फत् महँगो मूल्यमा आईपीओ जारी गर्ने चाहना भएका योग्य कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकको परामर्श गरेर प्रारम्भिक विवरणपत्र तयार गर्नुपर्छ । उक्त विवरणपत्रमा अन्य साधारण विवरणपत्रमा उल्लेख भएका सबै विवरणका अतिरिक्त बुक बिल्डिङमार्फत् कति शेयर बिक्री गर्ने हो, त्यसको संख्या, धितोपत्रको अनुमानित मूल्य र त्यस्तो मूल्याङ्कनको आधार तयार र औचित्यसमेत उल्लेख गर्नुपर्छ ।


यदि कम्तीमा १० जना संस्थागत लगानीकर्ताबाट त्यस्तो मूल्य प्राप्त भएपछि सो मूल्यका आधारमा शेयरको आधारमूल्य निर्धारण हुनेछ । सो आधार मूल्यको २० प्रतिशत घटबढ भएर मात्रै त्यस्तो बोलकबोलमा सहभागी हुन पाइने व्यवस्था गरिएको छ । त्यसो हुन नसकेमा फेरि संस्थागत लगानीकर्ताहरुबाट फेरि अर्को प्रस्ताव आह्वान गर्नुपर्नेछ । संस्थागत लगानीकर्तासँग छलफल गरेर आधारमूल्य तय भएपछि मात्रै धितोपत्र बोर्डले यस्तो शेयर निष्कासनका लागि अन्तिम स्वीकृति दिनेछ ।


त्यसरी तयार हुने विवरणपत्रलाई शेयर निष्कासन गर्न चाहने कम्पनीले योग्य संस्थागत लगानीकर्ताहरुसँग छलफल समेत गर्नुपर्छ । त्यस्तो छलफलका क्रममा त्यसरी शेयर बिक्री गर्न चाहने कम्पनीले आफ्नो विगत ३ वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण लगानीकर्ताहरुलाई उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ । साथै सो छलफलपछि शेयर निष्कासन गर्न चाहने कम्पनीले योग्य लगानीकर्ताहरुसँग उनीहरुले किन्न चाहेको न्यूनतम शेयर संख्या, त्यसको आशय मूल्य र त्यसरी मूल्य निर्धारणको आधार समेत पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।

यदि कम्तीमा १० जना संस्थागत लगानीकर्ताबाट त्यस्तो मूल्य प्राप्त भएपछि सो मूल्यका आधारमा शेयरको आधारमूल्य निर्धारण हुनेछ । सो आधार मूल्यको २० प्रतिशत घटबढ भएर मात्रै त्यस्तो बोलकबोलमा सहभागी हुन पाइने व्यवस्था गरिएको छ । त्यसो हुन नसकेमा फेरि संस्थागत लगानीकर्ताहरुबाट फेरि अर्को प्रस्ताव आह्वान गर्नुपर्नेछ । संस्थागत लगानीकर्तासँग छलफल गरेर आधारमूल्य तय भएपछि मात्रै धितोपत्र बोर्डले यस्तो शेयर निष्कासनका लागि अन्तिम स्वीकृति दिनेछ ।

धितोपत्र बोर्डले स्वीकृति दिएको एक सातापछि  शेयरको बोलबकोल बिक्री गर्न पाइने व्यवस्था गरिएको छ । त्यसका लागि स्वचालित विद्युतीय बोलकबोल विडिङ प्रणाली लागु गर्नुपर्ने व्यवस्था गरिएको छ । तर त्यो व्यवस्था नभएसम्मका लागि शिलबन्दी बोलपत्रमार्फत् त्यस्तो खरिदबिक्री गर्न सकिने व्यवस्था समेत गरिएको छ । त्यसरी हुने बोलकबोलमा ‘कटअफ’ मूल्यभन्दा धेरैमा बोलकबोल गर्ने संस्थागत लगानीकर्ताले त्यस्तो शेयर प्राप्त गर्न सक्नेछन् ।

कुनै कम्पनीले यो प्रक्रियामार्फत् शेयर बिक्री गर्दा कुल बिक्री हुने शेयरलाई १०० प्रतिशत मानेर त्यसको ४० प्रतिशत मात्रै यो प्रणालीबाट संस्थागत लगानीकर्तालाई बिक्री गर्नुपर्छ । बाँकी ६० प्रतिशत भने त्यसरी कटअफ मूल्यमा १० प्रतिशत छुट दिएर आम सर्वसाधारण लगानीकर्तालाई बिक्री गर्नुपर्ने व्यवस्था गरिएको छ ।

यसरी शेयर निष्कासन गर्दा निष्कासन गर्न चाहने कम्पनीले अनिवार्य रुपमा धितोपत्र प्रत्याभूतिकर्ताको व्यवस्था गर्नुपर्ने समेत धितोपत्र बोर्डले जारी गरेको निर्देशिकामा उल्लेख गरिएको छ । तर त्यस्तो प्रत्याभूति सर्वसाधारण लगानीकर्तालाई जारी शेयरका हकमा मात्रै लागु हुने व्यवस्था गरिएको छ ।


अहिले शेयर निष्कासनको चरणमा रहेका बीमा कम्पनी, लघुवित्त वित्तीय संस्था लगायत कम्पनीहरु अहिलेकै साधारण प्रक्रियाबाट शेयर निष्कासन गर्ने सम्भावना कायमै छ । तर लामो समयदेखि चल्दै आएका टेलिकम कम्पनीहरु, ठूला व्यवसायिक घरानाका कम्पनीहरु भने यो प्रक्रियामार्फत् दोस्रो बजारमा आउन सक्ने सम्भावना छ । 


सबै कम्पनी बुक बिल्डिङमा जालान् ?

धितोपत्र बोर्डले बुक विल्डिङ नियमावली लागु गर्दैमा सबै कम्पनीहरु यो विधिमा गएर महँगो मूल्यमै शेयर बिक्री गर्छन् कि अहिलेको प्रक्रियाअनुसार अंकित मूल्यमा शेयर किन्नसक्ने व्यवस्था कायमै रहन्छ भन्ने चासो समेत छ । तर, अहिले पछिल्लो चरणमा शेयर निष्कासन हुन लागेका कम्पनीहरु यो प्रक्रियामा जाने सम्भावना कम छ । यसका लागि धितोपत्र निष्कासन तथा बिक्री नियमावली बाधक छ ।

नियमावलीमा बुक विल्डिङमार्फत् शेयर बिक्री गर्न योग्य कम्पनीबारे व्याख्या गरिएको छ । सो अनुसार विगत ३ आर्थिक वर्षदेखि लगातार नाफामा सञ्चालन भएका, प्रतिशेयर नेटवर्थ चुक्ता पुँजीको कम्तीमा १५० प्रतिशत भएको तथा औसत क्रेडिट रेटिङ प्राप्त गरेका कम्पनीहरु मात्रै योग्य हुनेछन् । सोही कारण सञ्चालनको कम्तीमा पनि ३ वर्ष नभएका वा सो समय पूरा भएर पनि राम्रो वित्तीय अवस्था नरहेका कम्पनीलाई यो प्रक्रियामा जान सजिलो हुने छैन ।

अहिले शेयर निष्कासनको चरणमा रहेका बीमा कम्पनी, लघुवित्त वित्तीय संस्था लगायत कम्पनीहरु अहिलेकै साधारण प्रक्रियाबाट शेयर निष्कासन गर्ने सम्भावना कायमै छ । तर लामो समयदेखि चल्दै आएका टेलिकम कम्पनीहरु, ठूला व्यवसायिक घरानाका कम्पनीहरु भने यो प्रक्रियामार्फत् दोस्रो बजारमा आउन सक्ने सम्भावना छ । 

को–को हुन्छन् संस्थागत लगानीकर्ता ?

बुक बिल्डिङ प्रक्रियामा सहभागिता जनाउन सूचीकृत सबै संगठित संस्था, सामुहिक लगानी कोष व्यवस्थापक तथा त्यस्तो लगानी योजना, मर्चेन्ट बैंकर, अवकाश कोषहरु र बोर्डसँग बुक विल्डिङ प्रक्रियामा सहभागी हुने अनुमति लिएका संस्थागत लगानीकर्ताहरु यसमा सहभागी हुन सक्नेछन् । तर दोस्रो चरणमा सर्वसाधारणका लागि जारी हुने शेयरमा भने जोकोही सर्वसाधारणले पनि सहभागिता जनाउन पाउने धितोपत्र बोर्डले जनाएको छ । यो प्रक्रियाबाट सर्वसाधारण लगानीकर्तालाई निष्कासन हुने शेयर न्यूनतम ५० कित्ताको दरले मात्रै बाँडफाँट हुनेछ । अहिलेको जस्तो १० कित्ताको बाँडफाँट प्रणाली यसमा रहने छैन । न्यूनतम आवेदन पनि ५० कित्ता नै हुनेछ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.