केन्द्रीय संस्करण

बुटवलको कोरोना  विशेष अस्पतालमा मृत्यु भएका कपिलबस्तुका युवाको पिसिआर रिपोर्ट नेगेटिभ

person explore access_timeसाउन २९, २०७७ chat_bubble_outline0

बुटवलको धागो कारखानाको कोरोना विशेष अस्थायी अस्पतालमा बुधबार बिहान ज्यान गुमाएका २५ वर्षीय युवा प्रदीप तेलीको पिसिआर रिर्पोट नेगेटिभ आएको अस्पतालले जनाएको छ ।

कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर १२ का तेलीको श्वासप्रश्वासमा समस्या आएपछि मंगलबार राति बुटवलस्थित अस्पताल ल्याएर भेन्टिलेटरमा राखिएको थियो । राति १२ कपलबस्तुको अस्पतालबाट रिफर गरेर बुटवलको कोरोना विशेष अस्पतालमा ल्याएर भेन्टिलेर राखीएका तेलीको २ वजे मृत्यु भएको थियो ।

अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले मृतक तेलीको पिसिआर रिपोर्टमा  नेगेटिभ आएको रातोपाटीलाई बताए । उनले तेलीको मृगौलामा समस्या रहेको त्यसको असर फक्सोमा पनि पुगेका कारण मृत्यु भएको बताए ।

तेली यही साउन २४ गते भारतको मुम्बईबाट घर आएका थिए । भारतबाट नै आउँदा ज्वरो र रुघाखोकी देखिएपछि उनले स्थानीय अस्पतालमा उपचार गराएका थिए । श्वासप्रश्वासमा समस्या देखिनुका साथै कोरोनासँग मिल्दोजुल्दो लक्षण भएपछि उनलाई कोरोना अस्थायी अस्पतालको भेन्टिलेटरमा राखिएको थिया े।  उनले शव जिम्मा परिवारलाई लगाउने तयारी भइरहेको छ ।

बुधबार नै बुटवलमा कोरोना संक्रमणबाट भेन्टिलेटरमा उपचार गराइरहेका कपिलवस्तुकै  ४२ वर्षीय  कृष्ण कुमार गुप्ताको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । उनको शव नेपाली सेनाले राती नै बुटवल र देवदहको बिच राजमार्ग व्यवस्थापन गरेको डा. थापाले बताए ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.