शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

को हुन् पुटिनकी छोरी, जसलाई कारोनाको पहिलो भ्याक्सिन दिइयो ?

बिहीबार, २९ साउन २०७७, ०७ : १३
बिहीबार, २९ साउन २०७७

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनल् रुसले कोरोना भाइरसविरुद्धको भ्याक्सिन तयार पारेको दाबी गरेका छन् ।

उनले भ्याक्सिन दुई महिनासम्म परीक्षणपछि तयार गरिएको हो र अब यसलाई स्वास्थ्य मन्त्रालयले पनि मञ्जुरी दिएको बताएका छन् ।

कोरोनाको भ्याक्सिन पुटिनकी छोरीलाई पनि दिइएको बताइएको छ र अब यसको ठूलो स्तरको डोज तयार गरिने बताइएको छ ।

यो खबरसँगै पुटिनकी कुन छोरीलाई भ्याक्सिन दिएको होला भनेर चर्चा सुरु भएको छ ।

भ्लादिमिर पुटिनका दुई छोरी छन् र तर कुन छोरीलाई यो भ्याक्सिन दिइएको हो, यसको जानकारी दिइएको छैन ।

पुटिन सधैं आफ्नो नीजि जीवनलाई चर्चाबाट टाढा नै राख्छन् । उनको परिवारको सदस्यको झलक निकै कम देख्न पाइन्छ ।

थुप्रै मिडिया रिपोर्टमा पुटिनका दुई छोरी –मारिया पुटिना र येकातेरिना पुटिन– भएको बताइएको छ ।

पुटिनले पनि अहिलेसम्म आफ्ना छोरीबारे केही पनि सार्वजनिक बयान दिएका छैनन् । तर येकातेरिना पुटिना उनकी कान्छी छोरी भएको बताइन्छ ।

चर्चामा आइन् कान्छी छोरीः

सन् २०१५ मा येकातेरिना पुटिना त्यतिबेला चर्चामा आइन् जब उनी मस्कोमा नै क्याटरिना तिखोनोवा नामबाट बसिरहेकी छिन् भनेर पत्ता लाग्यो ।

 उनी एक एक्रोब्याटिक डान्सर हुन् र थुप्रै प्रतियोगितामा भाग लिइसकेकी छिन् । उनी एक टिभी शोमा पनि देखिइसकेकी छिन् ।

न्यूज एजेन्सी रोयटर्सका अनुसार ३३ वर्षकी क्याटरिना तिखोनोवालाई मस्को स्टेट युनिभर्सिटीमा एक नयाँ आर्टिफिशियल इन्टेलिजेन्स इन्स्टिच्युटको प्रमुखको रुपमा नियुक्त गरिएको थियो । उनी थुप्रै वर्षदेखि युनिभर्सिटीमा वरिष्ठ पदमा छिन् । उनले  फिजिक्स र म्याथमा मास्टर्स गरेकी छिन् ।

येकातेरिनाले आफ्नो पिताको थर छोडेर पछि आफ्नो नाम क्याटरिना तिखोनोवा राखेकी छिन् ।

येकातेरिनाले किरिल शामालोवसँग सन् २०१३ मा विवाह गरेकी थिइन् । किरिल शामालोव रोजिया बैंकमा सह–स्वामित्व राख्ने निकोलाय शामालोवका छोरा हुन् ।

निकोलाय शामालोव भ्लादिमिर पुटिनका पुराना साथी भएको मानिन्छ । किरिल शामालोव तेल र पेट्रोकेमिकल्स उद्योगसँग जोडिएका ठूला व्यापारी हुन् । उनी रुसको सरकारमा आर्थिक सल्लाकार पनि भइसकेका छन् । यद्यपि, सन् २०१८ मा यी दुई अलग्गिए ।

को हुन् जेठी छोरी ?

मारिया पुटिनालाई पुटिनकी जेठी छोरी बताइन्छ । उनलाई मारिया वोरन्तसोवाको नामले पनि चिनिन्छ ।

रोयटर्सको एक अनुमानका अनुसार एक पत्रकार सम्मेलनमा पुटिनलाई वोरन्तसोवा र येकातेरिनाको व्यापारसँग सम्बन्धित प्रश्न सोधिएको थियो ।

यसबारे पुटिनले कसैको पनि नाम नलिइ भनेका थिए, ‘तपाईंले व्यापारसँग सम्बन्धित प्रश्न सोध्नुभयो र दुई महिलाको नाम लिनुभयो । तपाईंले केही तथ्य पनि राख्नुभयो जुन पर्याप्त छैनन् । यसबारे थप जानकारी प्राप्त गर्नुभएको भए तपाईंलाई उनीहरुको व्यापार के हो र को कसको मालिक हो भन्नेबारे स्पष्ट जानकारी हुनेथियो । ’

मारिया वोरन्तसोवा एन्डोक्राइनोलोजिस्ट हुन् । उनको जन्म रुसको लेनिनग्रादमा भएको थियो ।

पत्रिका न्यू टाइन्सको एक रिपोर्टलाई उद्धृत गर्दै बीबीसीले दिएको जानकारी अनुसार मारिया वोरन्तसोवा मस्कोको एक विलासी अपार्टमेन्टमा नक्कली नामबाट बसिरहेकी छिन् ।

उनी एक वैज्ञानिकको रुपमा इन्डोक्राइनोलोजी सेन्टरमा काम गरिरहेको पनि बताइन्छ । यसअघि एक रिपोर्ट अनुसार उनले एक डच व्यक्तिसँग विवाह गरेकी छिन् र उनकी एक छोरी छिन् ।

सोसल मिडियाको खबरको आधारमा द न्यू टाइम्सले मारिया बारम्बार विदेश यात्रामा जाने र उनका निकै धेरै युरेपेली साथी भएको बताएको थियो ।

गोपनियता स्थापित गरिदिन अपिलः

यद्यपि, पुटिनले राष्ट्रपति चुनाव अघि एक टिभी शोको क्रममा आफ्ना छोरीहरु र उनका बच्चाबारे थोरै कुरा भने गरेका थिए ।

न्यूज एजेन्सी रोयटर्सका अनुसार उनले आफ्नो परिवारको गोपनियताको अधिकारलाई बचाइराख्न अपिल गरेका थिए । उनले भनेका थिए, ‘मलाई डर छ कि कतै मेरा छोरीका बच्चाहरु सामान्य वाल्यकाल बाँच्न नपाउन् । मेरा बच्चाहरु सामान्य नागरिक झैं बसून् भन्ने मेरो इच्छा छ ।’

पुटिनले आफ्ना छोरीबारे जानकारी दिँदै उनीहरु दुबै मस्कोमा बस्ने गरेको र उनीहरु विज्ञान र शिक्षा क्षेत्रसँग जोडिएको बताएका थिए । उनले आफ्ना छोरीहरुले राजनीतिमा कुनै पनि रुपमा दखल दिने नगरेको पनि बताएका थिए ।

पुटिनले सन् १९८३ मा ल्यूडमिला पुतिनासँग विवाह गरेका थिए । मारिया र येकातेरिना पनि ल्यूडमिलाकै छोरी बताइन्छ । सन् २०१३ वा २०१४ मा यी दुई अलग्गिए ।

ल्यूडमिला लाइमलाइटबाट टाढै बस्छिन् । यद्यपि, रुसकी प्रथम महिलाको रुपमा उनले थुप्रै विदेश यात्रा गरेकी थिइन् ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप