बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बार्सिलोनाका खेलाडीमा कोरोना भाइरस देखियो

बुधबार, २८ साउन २०७७, २१ : ५३
बुधबार, २८ साउन २०७७

बार्सिलोनाले आफ्नो एक खेलाडीमा कोरोना भाइरसको संक्रमण देखेको जनाएको छ । उनी प्रि–सिजनको अभ्यासमा दौरान टोलमिा रहेका ९ खेलाडीको समूहका एक हुन् । 

यी खेलाडीमा कुनै लक्षण नदेखिएपनि पिसिआर परीक्षणका क्रममा कोरोना पुष्टि भएको हो, उनी अहिले आफ्नै घरमा क्वारेन्टाइन बसेका छन् ।  बुधबार ला–लिगा क्लब एथलेटिको बिल्वाओले आफ्ना ६ खेलाडीमा संक्रमण देखिएको जनाएको थियो, उनीहरु पनि प्रि–सिजन अभ्यासमा थिए । त्यस्तै, भ्यालेन्सियाले पनि यसै साता आफ्ना दुुई खेलाडीमा कोरोना देखिएको पुष्टि गरेको थियो । 

त्यस्तै, एथलेटिको म्याड्रिडले पनि आफ्ना दुुई खेलाडीमा कोरोना देखिएको जनाएको छ । 

बार्सिलोनाले च्याम्पियन्स लिगको क्वाटरफाइनलका लागि बिहीबार लिस्बन जाने तयारीमा रहेका टोलीका सिनियर खेलाडीसँगको सम्पर्कमा यी संक्रमित खेलाडी नरहेको जनाएको छ । 

कोरोना भाइरसका कारण यसपटक च्याम्पियन्स लिगका क्वाटरफाइनल, सेमिफाइनल र फाइनल खेलहरु सबै लिस्बनमा हुँदैछन्, क्वाटरफाइनल र सेमिफाइनलको नतिजा निर्धारण सिंगल लिग अर्थात् एकै खेलबाट हुनेछ । त्यस्तै, सर्वसाधारणले रंगशाला प्रवेश गर्न पाउने छैनन् । 


शुक्रबार बार्सिलोनाले बार्यन म्युनिख र त्यही दिन एथलेटिको म्याड्रिडले आरबी लाइपजिकको सामना गर्नेछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप