शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

वडाध्यक्ष धरौटीमा रिहा

बुधबार, २८ साउन २०७७, २१ : ४५
बुधबार, २८ साउन २०७७

ललितपुर महानगरपालिका–३ का वडाध्यक्ष श्रीगोपाल महर्जन धरौटीमा रिहा भएका छन् ।

मिर्गौला प्रत्यारोपण गर्दा नाता नै नपर्ने व्यक्तिलाई आफन्त बनाएको आरोपमा प्रहरीले उनलाई असार २८ गते नियन्त्रणमा लिएको थियो । 

जिल्ला सरकारी वकिल कार्यालय ललितपुरका प्रमुख मोना सिंहले ललितपुर जिल्ला अदालतको आदेशमा महर्जन आज रु ५० हजार धरौटीमा छुट्नुभएको जानकारी दिए ।

 प्रहरीले महर्जनसहित अन्य १२ जना व्यक्तिलाई त्यस दिन नियन्त्रणमा लिएको थियो । अन्य थप सातजना भने अझै फरार रहेका सिंहले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप