बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

रसुवामा सार्वजनिक यातायात बन्द

बुधबार, २८ साउन २०७७, २१ : ४०
बुधबार, २८ साउन २०७७

रसुवा । कोभिड–१९ नियन्त्रणका लागि जिल्लाभित्र सञ्चालित सार्वजनिक बस सेवा बन्द भएको छ । 

आन्तरिकभन्दा बाह्य यात्रुको आवागमन बढ्न थालेको र स्वास्थ्यका मापदण्डसमेत अपुग भएको गुनासा आएका कारण बेत्रावतीदेखि टिमुरेसम्म चल्दै आएको आन्तरिक बससेवा बन्द गरिएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले जनाएको छ ।

उक्त केन्द्रका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले छोटो समयका लागि बससेवा बन्द गरिएको र जोखिमको अवस्था, बस चालकले अपनाएका स्वास्थ्य मापदण्ड पूरा भए÷नभएको केही समयपछाडि विश्लेषणका आधारमा खोल्न सकिने बताए ।

यस्तै कोरोनाको सङ्क्रमण बढ्दै गएकाले कार्यालय प्रमुख तथा कर्मचारीले जिल्ला नछोड्ने, अत्यावश्यक सेवा लिन आउने सेवाग्राहीले स्वास्थ्यको मापदण्ड अपनाई तोकिएका कर्मचारीको मोबाइलमा समन्वय गरी सेवा लिनुपर्ने बताइएको छ ।

अर्को आदेश नभएसम्म मठमन्दिर, गुम्बा, जात्रा बसै बन्द गर्ने, स्वास्थ्यको मापदण्ड सबैले पूर्णरूपमा पालना गर्ने÷गराउने, दीर्घरोगी, बालबालिका, ज्येष्ठ नागरिक, गर्भवतीलाई घरबाट बाहिर ननिकाल्ने, रसुवा प्रवेश गर्ने बेत्रावती सिमानामा आवतजावतको रोकथाममा कडाइ गर्नेसमेत निर्णय भएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप