शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सरकारको कोरोना कोषमा सिद्धार्थ बैंकद्वारा २ करोड ६७ लाख सहयोग

बुधबार, २८ साउन २०७७, १९ : ३६
बुधबार, २८ साउन २०७७

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषमा रहेको दुई करोड ६७ लाख २७ हजार नौ सय २९ रुपैयाँ नेपाल सरकारको कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई हस्तान्तरण गरेको छ ।

उक्त रकम आज अर्थ मन्त्रालयमा आयोजित एक समारोहका बीच बैंकका अध्यक्ष मनोज कुमार केडियाले अर्थमन्त्री डा. युवराज खतिवडालाई हस्तान्तरण गरे ।

उक्त अवसरमा अर्थमन्त्री डा. खतिवडाले बैंकलाई धन्यवाद ज्ञापन गर्दै बैंकको तर्फबाट प्रदान गरिएको यो सहयोग नै हालको परिस्थितिमा संस्थागत सामाजिक उत्तरदायित्वको सबैभन्दा राम्रो उदाहरण भएको बताउँदै प्राप्त रकमको सरकारले कोरोना रोकथाम एवं नियन्त्रणको काममा नै सदुपयोेग गर्ने बताए ।

यस अघि पनि बैंकले प्रदेश सरकार तथा विभिन्न स्थनीय तहलाई गरीरु ७६ लाख २४ हजार ६ सय २० सहयोग प्रदान गरिसकेको छ । यसरी कोरोनाभाइरस संक्रमण रोकथाममा बैंकले हालसम्म कुल रु ३,४३,५२,५४९ तिन करोड ४३ लाख ५२ हजार पाँच स४९ सहयोग प्रदान गरेका छ । यसरी प्रदान गरिएको रकमबाट कोरोनाभाइरस संक्रमण रोेकथाम तथा उपचारकाका लागि ठूलो सघाउ पुग्ने बैंकले विश्वास लिएको छ ।

हालको प्रतिकुल परिस्थितिमा सरकारले तोकेको स्वास्थ सम्बन्धी मापदण्ड अनुरुप बैंकले स्थानीय अधिकारी एवं सरकारका अन्य विभिन्न निकायसँगको समन्वयमा विभिन्न शाखाहरुका साथै डिजिटल माध्यमबाट बंैङ्किङ सेवा प्रदान गर्दै आईरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप