केन्द्रीय संस्करण

क्षयरोगबाट जोगाउनै मुस्किल

person explore access_timeसाउन २८, २०७७ chat_bubble_outline0

सन् २००२ यता क्षयरोगका कारण चितवन राष्ट्रिय निकुञ्जका १५ हात्ती मरिसकेका छन् । यस अवधिमा अन्य कारणसहित २५ हात्ती मरेको तथ्याङ्क छ ।  चितवनका हात्तीमा पहिलोपटक सन् २००२ मा क्षयरोग देखिएको थियो । 

यो सङ्क्रमण सन् २०१६ सम्म जारी नै रह्यो । त्यतिबेला निकुञ्जको पशु चिकित्सकका रुपमा कार्यरत डा कमल गैरेका अनुसार क्षयरोगका कारण हात्तीमा समस्या देखिन थालेपछि निजी र सरकारी सबै हात्तीको क्षयरोगको परीक्षण गरिएको थियो । 

त्यतिबेला निकुञ्जका १७, निजी ४१ र राष्ट्रिय प्रकृति संरक्षण कोषका दुई हात्तीमा क्षयरोग देखिएको थियो । त्यसपछिका केही वर्ष सङ्क्रमण नदेखिए पनि सन् २०१८ यता क्षयरोगका कारण चार हात्ती मरेको अनुमान छ । 

आज अगष्ट १२ अन्तरराष्ट्रिय हात्ती दिवस मनाउँदै गर्दा निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजय श्रेष्ठले पछिल्लो पटक यही साउन १९ गते मरेको दीपेन्द्र गजमा क्षयरोगको सङ्क्रमण देखिएको दुःखद् जानकारी दिए ।

यसअघि मरेका तीनवटा हात्तीको शवपरीक्षणका क्रममा फोक्सोमा समस्या देखिएकाले ती हात्तीमा पनि क्षयरोगको सङ्क्रमण भएको अनुमान गरिएको उनको भनाइ छ । 

चितवन राष्ट्रिय निकुञ्जमा ६० हात्ती रहेका छन् भने यहाँका निजी होटलमा ५७ वटा हात्ती रहेका छन् । देशभर यो सङ्ख्या २०० रहेको बताइन्छ । दुई सय हाराहारी नै जङ्गली हात्ती रहेका छन् ।

श्रेष्ठ हात्तीमा दोस्रो चरणमा क्षयरोग देखापरेको अनुमान गर्नुहुन्छ । खतरा बढेपछि निजी र सरकारी सबै हात्तीको नमूना सङ्कलन गरी क्षयरोग परीक्षण गरिँदैछ । उनले भने, “पानी रोकिएलगत्तै एकदुई दिनमा नै परीक्षण शुरु गर्छौँ ।”

रगत र हात्तीको सुँढबाट निस्किएको ¥याल सङ्कलन गरेर परीक्षण गरिने उहाँले बताउनुभयो । समयमा नै उपचार गर्न सकेमा हात्ती बचाउन सकिने भन्दै उहाँले उपचारको कामलाई तीव्रता दिन लागिएको बताउनुभयो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले क्षयरोग परीक्षणको काम तत्काल शुरु गर्न लागिएको बताउनुभयो । क्षयरोग देखिएमा उपचार गरेर हात्तीलाई निको पार्न सकिने भएकाले सबै हात्तीको परीक्षण गरिने उहाँको भनाइ छ । 

निकुञ्जका हात्ती विभिन्न पोष्टमा सुरक्षाका लागि राखिएका छन् भने निजी हात्ती पर्यटक बोक्नका लागि होटलहरुले प्रयोग गर्दै आएका छन् । चितवन राष्ट्रिय निकुञ्ज हात्ती सफारीका लागि अन्तर्राष्ट्रिय रुपमा प्रख्यात छ । यहाँ सामुदायिक वनमा निजी हात्तीमा पर्यटकलाई घुमाउने गरिन्छ । हात्ती चढेर दुर्लभ वन्यजन्तु हेर्न पर्यटक रुचाउँछन् । हात्तीमा क्षयरोग देखिएमा उपचार गर्न लामो समय लाग्ने गर्दछ । यो खर्चिलो पनि हुने चिकित्सकहरु बताउँछन् । 
–––

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.