रौतहटमा कोरोना संक्रमित थपिँदै
रौतहट । रौतहटमा पछिल्लो केहि दिनदेखि कोरोना भाइरस संक्रमनको संख्या थपिँदै गएको छ ।
जिल्लामा स्वास्थकर्मी, शिक्षक, जनप्रतिनिधि, व्यापारी, विद्यार्थी गरि कोरोना संक्रमितको संख्या ७६ पुगेको छ । बुधबार आएको रिपोर्ट अनुसार गुजरा नगरपालिका अन्तरगत २ स्वास्थकर्मी र एकजना सफाइ कर्मचारीमा कोरोना पोजेटिभ देखिएको जिल्ला अस्पताल गौरका प्रमुख डाक्टर कृष्ण साहले बताए ।
यसअघि हिजो मंगलबार गरुडा नगरपालिकामा ११ र चन्द्रपुरमा ५ जना , सोमबार कटहरियामा ९ जना,सो अघि राजदेविमा १९ जना गरी बुधबार सांझसम्म जिल्ला भरिमा संक्रमितको संख्या ७६ पुगेको डाक्टर साहले जानकारी दिए ।
संक्रमित मध्ये केहीलाई होम आइसोलेसन,केही गौर स्थित नर्सिङ क्याम्पस , केही चपुर, कटहरिया,र धरहरी पोलिटेक्निकल क्याम्पसमा निर्मित आईसोलेसनमा राखेर उपचार भैरहेको छ ।
संक्रमित सबैजनामा कुनै लक्षण न देखिएको सामान्य अवस्थामा रहेको डाक्टर कृष्ण साहले जानकारी दिएका छन । समुदायमा कोरोना संक्रमित भेटिए संगै संक्रमितको सम्पर्कमा आएका सैयौं मानिसको पिसिआर जांचको लागि स्वाब संकलन भएको र संकलन कार्य जारिरहेको जिल्ला जन स्वास्थ कार्यालय प्रमुख महेश साहले बताए ।
यसअघि पहिलो चरणमा रौतहटमा भएको कोरोना संक्रमित कुल १४ सय मध्ये १३ सय २८ जना कोरोना जितेर घर फर्किसकेको र ४ जनाको निधन भएको जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
-
सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकको रुपमा ग्लोबल आइएमई सम्मानित
-
रुसलाई दिएको समर्थनबारे अमेरिकाले गर्यो चीनलाई प्रश्न
-
६ हजार अफगानी शरणार्थी स्वदेश फर्किए
-
पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता, सुन तस्करीको अनुसन्धानमा दीपेश पुन
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा