बर्दिवासका तीन वडामा निषेधाज्ञा थप
बर्दिवास । महोत्तरीको बर्दिवासमा कोरोना भाइरसको संक्रमण समुदायमै फैलिन थालेपछि बर्दिवास नगरपालिकाको वडा नम्बर १, २ र १४ को सम्पूर्ण क्षेत्रमा बुधबार राति १२ बजेबाट भदौ २ गते राति १२ बजे सम्म लागू हुने गरी निषेधाज्ञा थप गरिएको छ । सरोकारवालाहरुको संयुक्त बैठकले साउन २१ गतेदेखि एक साताका लागि जारी निषेधाज्ञा आज समाप्त हुन लागेपछि निरन्तरता दिने निर्णय भएको छ ।
कोरोना संक्रमण समुदायमा फैलिन थालेपछि नियन्त्रणका लागि बन्दाबन्दी थप्नुपरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाको बुधबार बसेको बैठकको निर्णयअनुसार बन्दाबन्दी थप गरिएको बर्दिवास नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष चुडामणि पोखरेलले जानकारी दिए ।
बन्दाबन्दी अवधिभित्र अत्यावश्यक काम बाहेक घरबाट ननिस्कन अनुरोध गरिएको छ । यस अवधिमा अस्पताल, औषधी पसल, दमकल, एम्बुलेन्स, संचार सेवा, बैक तथा बितिय संस्था दैनिक उपभोगका सामान लगायत अत्यावश्यक सेवा मात्र खुल्ला हुने पोखरेलको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा