राप्रपामा सुझाव प्रतिवेदन पेश गर्न समिति गठन

person explore access_timeसाउन २८, २०७७ chat_bubble_outline0

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टी एकीकरणसम्बन्धि आधारपत्रमा उल्लेख गरिएका विषयको कार्यान्वयन गर्न ६ सदस्यीय सुझाव समिति गठन गरेको छ ।  बुधबर बसेको सो पार्टीका अध्यक्षत्रयको बैठकले पार्टी एकिकरण सम्बन्धि आधारपत्रमा उल्लेखित बिषयहरुको कार्यान्वयन र थप ब्याख्याका लागि सुझाव प्रतिवेदन पेश गर्न समिति गठन गरेको सो पार्टीका केन्द्रीय सचिवालय प्रमुख भाष्कर भद्रा र धुर्ववहादुर प्रधानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 


समितिलाई सुझाव प्रतिवेदन पेश गर्न सात दिनको समय दिइएको छ । समितिमा दिपक बोहोरा,बुद्धिमान तामाङ्ग, राजेन्द्र लिङ्देन, विक्रम पाण्डे, धुव्रबहादुर प्रधान र श्यामप्रसाद तिमिल्सिना रहेका छन् । २०७६ साल फागुन २४ एकताको १० बुँदे आधारपत्रमा तीन अयक्षले हस्ताक्षर गरेका थिए । त्यसपछि फागुन २९ गते एकता घोषणा भएका थिए ।   





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।