बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

विवाहमण्डपमा विवाद हुँदा हत्या, १३ वर्षपछि दुईजना पक्राउ

बुधबार, २८ साउन २०७७, १३ : ३२
बुधबार, २८ साउन २०७७

काठमाडौं । सुनसरीको चाँदवेलामा विवाहमण्डपमा सामान्य विवाद हुँदा  हत्या गरेर फरार भएका दुई जनालाई प्रहरीले १३ वर्षपछि पक्रेको छ ।सुनसरीको वक्लौरी–६ घर भएका तुलसी चौधरी र मिङ दोर्जे शेपा उर्फ टाइसनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) कमल थापाले रातोपाटीलाई जानकारी दिए ।  

०६४ वैशाख २८ मा विवाहका जन्ती गएका सुनसरी एकम्वा–७ बस्ने सुरेन कुमार ठाकुरलाई विवाहमण्डपमा स्वयंवरको बेला अगाडि उभिएको निहुँमा उनीहरुले छुरा प्रहरी गरे । उपचारको क्रममा सुरेनको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो । 

जिल्ला अदालत सुनसरीले ०७१ साउन २९ मा कर्तव्य ज्यान मुद्धामा उनीहरुलाई दोषी ठहर गर्दै चौधरीलाई २१ वर्ष ६ महिना र टाइसनलाई २० वर्ष कैद सजाय हुने फैसला गरेको थियो । फैसलापछि उनीहरु फरार भएका थिए । 
अदालतलको फैसलापछि फरार शोर्पालाई रामधुनी नगरपालिका–६ बाट र चौधरीलाई इनरुवा नगरपालिका–४ बाट पक्रउ गरिएको हो । उनीहरुलाई अदालतको आदेशले झुम्का कारागार चलान गरिएको छ । हत्यामा संलग्न एकजना अझै फरार छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप