जनताको रोजाईमा अक्षय पहिलो नम्बरमा
भारतमा कोरोना संक्रमितको संख्या २० लाख नाघिसकेको छ । भाइरसका कारण फिल्म हलहरु बन्द छन् । बलिउड फिल्मको सुटिङ पनि रोकिएको छ । कोरोनाकाल पहिल्यै सुटिङ सकिएका केही फिल्महरु डिजटल प्लेटफर्ममार्फत सार्वजनिक हुँदैछन् ।
तर, यो प्लेटफर्म अझै पनि आम भारतीयको सहज पहुँचमा छैन । यी सबैका बाबजुद ताजा सर्वेक्षणअनुसार शाहरुख खान, सलमान खान, आमिर खान र अमिताभ बच्चन चर्चित अभिनेताको सूचीमा शीर्ष १० भित्र छन् । तर नम्बर १ अक्षयकुमार छन् । देशका २४ प्रतिशत जनताले अक्षयलाई नम्बर एक हिरो मान्छन् ।
मिडिया समूह इन्डिया टुडेले गरेको यस र्सेमा देशका १२ हजार जनताको राय लिइएको थियो । यसमध्ये २४ प्रतिशतले अक्षयकुमार तथा २३ प्रतिशतले अमिताभ बच्चनलाई नम्बर एक अभिनेता माने ।
यस सर्वेक्षणमा शाहरुख खान ११ प्रतिशत भोटसहित तेस्रो स्थानमा, सलमान खान १० प्रतिशतसहित चौथो र आमिर खान ६ प्रतिशत भोटसहित पाँचौ स्थानमा छन् ।
अजय देवगन, ऋतिक रोशन र रणविर सिंहले समान ४–४ प्रतिशत भोट पाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी
-
नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला