शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्राथमिक विद्यालयबाट ८ वर्षका बालक पक्राउ

बुधबार, २८ साउन २०७७, १२ : १३
बुधबार, २८ साउन २०७७

प्रहरी अधिकारीले फ्लोरिडाको प्राथमिक विद्यालयबाट शिक्षक कुटेको आरोप लागेका ८ वर्षका बालकलाई पक्राउ गरेका छन् ।

सन् २०१८ डिसेम्बरको उक्त घटनाको बडीक्याम फुटेज सोमबार सार्वजनिक भएको छ । भिडियोलाई वकिल बेन क्रम्पले सार्वजनिक गरेका हुन् । बेनल ती बालिकको आमालाई प्रतिनिधित्व गरिरहेका छन् ।

मंगलबार उनले संघीय मुद्दा दर्ता गरेकी छिन् जसमा उनले अधिकारीले अत्यधिक बल प्रयोग गरेको र विद्यालयको प्रशासनले अधिकारीलाई कसैगरी पनि रोक्न नसकेको दाबी गरेकी छिन् । यसमा उनले अपाङ्गता भएका अमेरिकीहरुको अधिकारको रक्षार्थ बनेको कानूनको पनि उल्लंघन भएको बताएकी छिन् । दर्ता गरिएको मुद्दामा बालकलाई विशेष सुविधाको आवश्यकता भएको बताइएको छ ।

की वेस्ट प्रहरीले सीएनएनसँग यसबारे कुरा गर्न अस्विकार गरेको छ ।

यद्यपि, मायमी हेराल्डसँगको सोमबारको कुराकानीमा की वेस्ट प्रहरी प्रमुख सिन टी. ब्रान्डेनबर्गले आफ्ना अधिकारीले खासै केही नराम्रो नगरेको र उनीहरुले आफ्नो काम कारवाहीका लागि उचित मापदण्डको पालना गरेको स्पष्टिकरण दिए ।

बालककी आमा बियान्का एन.डिजेनारोले मंगलबार सीएनएनसँगको कुराकानीमा उनको छोरालाई पक्राउ गरिएको, जेलमा लगिएको, औंठा छाप लिइएको, डिएनएको स्वाब संकलन गरिएको र अपराधीको रुपमा जेलभित्र तस्बिर खिचिएको जानकारी दिइन् ।

ती बालकलाई ‘फेलोनी ब्याट्रि’ को आरोप लगाइएको छ । यो एउटा यस्तो किसिमको आरोप हो जसमा कुनै व्यक्तिले रिसको झोंकमा कुटपिट गर्नु हो जसले अर्का व्यक्तिलाई ठूलै चोट लाग्ने गर्छ । उनकी आमाले यो मुद्दाविरुद्ध ९ महिनासम्म लडिन् ।

क्रम्प, डेभोन ज्याकब र सु–एन रबिनसनले मुद्दा लड्न डिजेनारोको प्रतिनिधित्व गरिरहेका छन् ।

‘हाम्रो शिक्षा र नीति नियमले हाम्रो बच्चाहरुलाई अपराधीको जस्तो व्यवहार गरेर उनीहरुलाई अपराधी बन्न तालिम दिइरहेको देख्दा विक्षिप्त भएका छौं, यदि यसमा दोषी पाइएपनि आठ वर्षका बालकलाई अपराधी ठहर गरिन्थ्यो ।’

डिजेनारोका वकिल ज्याकोबले प्रहरी प्रमुखले बालकलाई पक्राउ गनुे जायज बताएपछि मुद्दा दर्ता गरिएको बताए ।

‘खासमा यो चाहिँ समस्या हो । त्यसैले हामीले मुद्दा दर्ता गराएका हौं । यस्ता कुरा अबदेखि समाप्त हुनेछन्,’ उनले भने ।

मोनरो काउन्टीका चिफ असिस्टेन्ट स्टेट अटोर्नी भाल इ. विन्टरले ती बालकको मानसिक स्वास्थ्य परिक्षण गरिएको जानकारी दिए ।

डाक्टरको रिपोर्ट आएपछि बालकविरुद्धको मुद्दा डिसमिस गरिएको विन्टरले जानकारी दिए ।

मोनरो काउन्टी स्कूल डिस्ट्रिक्टले प्रतिक्रिया दिन अस्विकार गर्यो । प्राथमिक विद्यालयले पनि यसबारे कुनै प्रतिक्रिया दिएको छैन । यसमा संलग्न शिक्षकसँग पनि सम्पर्क स्थापित गर्न नसकिएको सीएनएनले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप