बहुविवाह मुद्दाका फरार ६ वर्षपछि पक्राउ
बहुविवाह मुद्दामा फरार एक महिलालाई मङ्गलबार जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको छ । प्रहरीले जिल्लाको व्यास नगरपालिका–६ बस्ने ३९ वर्षीया विष्णु मल्ललाई पक्राउ गरेको हो ।
विसं ०७१ साउन २७ गतेको तनहुँ जिल्ला अदालतकोे फैसलाले मल्लउपर तोकेको कैदमध्ये ११ महिना १४ दिन कैद भुक्तान गर्न बाँकी रही फरार रहेकीले उनलाई पक्राउ गरी अदालत समक्ष पेश गरिएको हो । फरार मल्ल प्रहरीको निगरानीमा रहँदै आएकी थिइन् ।
अदालतले बाँकी रहेको कैद भुक्तानका लागि कारागार कार्यालय कास्की पठाएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए।
एक महिना नबित्दै ४० पक्राउ
जिल्ला प्रहरी कार्यालय तनहुँले साउनको एक महिना नबित्दै करिब ४० जनालाई पक्राउ गरेको छ । प्रहरीले अदालतबाट फैसला भई कैद र जरिवाना भुक्तान गर्न बाँकी देखिएका विभिन्न मुद्दाका फरार व्यक्तिलाई धमाधम पक्राउ गर्दै कानूनी दायरामा ल्याउन थालेको छ ।
बहुविवाह, चोरी, कर्तव्य ज्यान, लागूऔषध, बलात्कारलगायत मुद्दाका फरार व्यक्तिलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक तिमिल्सेनाले बताउनुभयो । फरार व्यक्तिलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन थालिएसँगै सर्वसाधारणले शान्ति सुरक्षाको अनुभूति गर्न थालेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपेश पुनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश
-
सुप्रिम सहकारी ठगी प्रकरणमा ओमप्रकाश गुरुङलाई थुना पठाउने आदेश
-
राम्रो काम गरे पुरै कार्यकाल प्रचण्ड प्रधानमन्त्री : महासचिव पोखरेल
-
बिरामी बिदा लिने बढेपछि नियम कडा बनाउँदै बेलायती प्रधानमन्त्री
-
नेपाली सेनाले माग्यो रिक्त पदमा दरखास्त (सूचनासहित)
-
माथिल्लो अरुणको वित्तीय व्यवस्थापन विश्व बैंकले गर्ने करिब निश्चित