भारतबाट आएका नेपाली चढेको बस डोटीमा दुर्घटना, तीन जनाको मृत्यु
बुधबार, २८ साउन २०७७, ०९ : ४०

डोटी । डोटीमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । भारतबाट आएका नेपालीलाई गौरीफेन्टा नाकाबाट अछाम लाने क्रममा डोटीको पूर्वीचौकी गाउँपालिका–१ फुलटमा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमा नै मृत्यु भएको हो ।
ना ६ ख २५२९ नम्बरको बस दुर्घटना भएको ट्राफिक कार्यालय अत्तरियाका प्रमुख एवम् ट्राफिक प्रहरी उपरीक्षक लोकेन्द्रबहादुर श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । बसमा सवार ३२ जना मध्ये ३ जनाको मृत्यु भएको र २९ जना घाइते भएको उनले बताए ।
घाइते सबैलाई जिल्ला अस्पताल डोटीमा पठाएको उनले बताए । ६ जना गम्भीर छन् भने अन्य घाइते सामान्य नै रहेको उनको भनाइ छ । मृतक ३ जनाको सनाखत भइ नसकेको उपरीक्षक श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजा ज्ञानेन्द्रप्रति प्रचण्डको टिप्पणी– हावालाई कमान्डर बनाएको छ, हेर बुद्धि !
-
गृहमन्त्रीले शुक्रबार राज्यव्यवस्था समितिमा तीनकुने घटनाबारे जानकारी गराउने
-
टोखाबाट चोरी भएको मोटरसाइकल भक्तपुरमा फेला
-
हामीले सरकार बनाउने र ढाल्ने खेलमा बढी समय दियौँ, अब वर्गतिर फर्किन्छौँ : प्रचण्ड
-
भ्रमणबाट नेपाल र थाइल्याण्डबिचको आपसी सम्बन्ध नयाँ उचाइमा: प्रधानमन्त्री ओली
-
भुँइचालो गएको यतिका दिनपछि पनि म्यानमारमा ढल्दैछन् घरहरू