केन्द्रीय संस्करण

भारतबाट आएका नेपाली चढेको बस डोटीमा दुर्घटना, तीन जनाको मृत्यु

person explore access_timeसाउन २८, २०७७ chat_bubble_outline0
तस्विरः केदारनाथ पाण्डे

 डोटी । डोटीमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । भारतबाट आएका नेपालीलाई गौरीफेन्टा नाकाबाट अछाम लाने क्रममा डोटीको पूर्वीचौकी गाउँपालिका–१ फुलटमा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमा नै मृत्यु भएको हो ।

ना ६ ख २५२९ नम्बरको बस दुर्घटना भएको ट्राफिक कार्यालय अत्तरियाका प्रमुख एवम् ट्राफिक प्रहरी उपरीक्षक लोकेन्द्रबहादुर श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । बसमा सवार ३२ जना मध्ये ३ जनाको मृत्यु भएको र २९ जना घाइते भएको उनले बताए ।

घाइते सबैलाई जिल्ला अस्पताल डोटीमा पठाएको उनले बताए । ६ जना गम्भीर छन् भने अन्य घाइते सामान्य नै रहेको उनको भनाइ छ ।  मृतक ३ जनाको सनाखत भइ नसकेको उपरीक्षक श्रेष्ठले बताए ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.