अन्य देश कोरोना भ्याक्सिन बनाउन कति नजिक ?
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले उनको वैज्ञानिकले कोरोनाभाइरसको यस्तो भ्याक्सिन तयार गरेको दाबी गरेका छन् जुन कोरोनाभाइरसका लागि अत्यधिक प्रभावकारी छ । यो खोपलाई मानिसमा दुई महिनासम्म परीक्षण गरिएको र सुरक्षा मापदण्डमा खरो उत्रिएको दाबी गरिएको छ ।
यो भ्याक्सिनलाई रुसके स्वास्थ्य मन्त्रालयले पनि मञ्जुरी दिएको छ । अब रुसमा धेरैभन्दा धेरै व्यक्तिलाई यो भ्याक्सिन दिन सुरु गरिने बताइएको छ ।
यद्यपि, रुसले जुन तीब्र गतिमा कोरोनाको भ्याक्सिन हासिल गरेको दाबी गरिरहेको छ त्यसले वैज्ञानिकको जगतमा चिन्ता निम्त्याएको छ ।
तर भ्याक्सिन बनाउने होडबाजीमा लागेको रुस पहिलो देश भने होइन ।
सयभन्दा बढी भ्याक्सिन सुरुवाती चरणमा छन् र २० भन्दा बढी भ्याक्सिन मानिसमाथि परीक्षण भइरहेको छ ।
अमेरिकामा ६ प्रकारको भ्याक्सिनमाथि काम भइरहेको छ र अमेरिकाका चर्चित कोरोनाभाइरस विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले पनि वर्षको अन्तसम्म अमेरिकासँग एक सुरक्षित र प्रभावकारी भ्याक्सिन हुने बताएका छन् ।
ब्रिटेनले पनि कोरोनाभाइरस भ्याक्सिनको विषयमा चार सम्झौता गरेको छ ।
एस्ट्राजेनेकाले कोरोना भ्याक्सिनको १० करोड खुराक तयार गरिरहेको छ । अक्सफोर्ड युनिभर्सिटीमा वैज्ञानिक काम गरिरहेका छन् र औषधी कमपनी जिएसके र सनोफी पनि यसको उपचार खोजिरहेको छ ।
मंगलबार इन्डोनेशिया र मेक्सिकोले आफ्नो देशमा पनि कोरोना भ्याक्सिनको अन्तिम चरणको क्लिनिकल ट्रायल चलिरहेको बताएका छन् ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगानी सम्मेलनका लागि यूएस चेम्बरका दक्षिण एसियाका वरिष्ठ उपाध्यक्ष केशप काठमाडौँ आए
-
डलर देखाएर ठगेको आरोपमा दुई जना पक्राउ
-
हैदराबादविरुद्धको खेलमा कोहलीको कीर्तिमान
-
उपेन्द्र यादवका लागि गलपासो बन्दै गौर घटना
-
टर्कीएका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
काठमाडौँको ठुलो भर्याङबाट नक्कली परीक्षार्थी पक्राउ