शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

संक्रमण बढेपछि थप कडाइ

बुधबार, २८ साउन २०७७, ०६ : ५१
बुधबार, २८ साउन २०७७

काठमाडौं – सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएको भन्दै पुनः होटल तथा रेस्टुरेस्ट बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले होटल र रेस्टुरेस्टमा बसेर खान नपाइने निर्णय गरेको हो भने ‘टेक अवे’ सुविधा भने खुला गरेको छ । 

अब होटल र रेस्टुरेस्टबाट सामान प्याक गरेर लैजान मात्र पाइने भएको छ । यसअघि मन्त्रिपरिषद् बैठकले १५ साउनदेखि होटल तथा रेस्टुरेस्ट सञ्चालन गर्न अनुमति दिएको थियो ।

सरकारले अत्यावश्यकबाहेकमा कुनै पनि प्रकारका बैठक, समीक्षा, गोष्ठी, सेमिनार, छलफल, भेला जस्ता सामूहिक जमघटका कार्य निषेध गर्ने निर्णय पनि गरेको छ ।

यस्तै, दुई सयभन्दा बढी संक्रमित भएका जिल्ला र काठमाडौं उपत्यकाका सरकारी तथा गैरसरकारी निकाय, बैंक, सहकारी, लघुवित्त एवं वित्तीय संघ संस्थालगायत प्रत्यक्ष सम्पर्कमा रही सेवा प्रवाह गर्र्ने सबै कार्यालयलाई ५० प्रतिशत कर्मचारी आलोपालो गरी उपस्थित हुने र घरबाटै सम्पादन गर्न सकिने तोकिएका कार्यहरू गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ भने विद्युतीय माध्यमबाट सेवा प्रवाहको व्यवस्था मिलाउने निर्णय पनि गरेको छ । यो समाचार आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन् । 

– शैक्षिक संस्थाहरू अनिश्चितकालीन बन्द
– छलफल, गोष्ठी र भेला हुन निषेध
– चाडपर्व घरभित्र मात्र मनाउन पाइने
– होटल र रेस्टुरेस्ट पुनः बन्द
– सरकारी कार्यालयका कर्मचारी ५० प्रतिशत आलोपालो
– भदौ मसान्तसम्म अन्तर्राष्ट्रिय उडान रोकियो
– १६ साउनसम्म लामो दुरीका यातायात सञ्चालनमा रोक
– भारतबाट नेपाल प्रवेश गर्न १० नाका मात्र खुला

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप