शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अख्तियार प्रमुख नवीन घिमिरे कोरोना संक्रमित

मङ्गलबार, २७ साउन २०७७, १९ : ३७
मङ्गलबार, २७ साउन २०७७

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेलाई कोरोना भाइरस पोजेटिभ देखिएको छ । 

मंगलबार घिमिरेलाई कोरोना पोजेटिभ देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का एक कर्मचारीले रातोपाटीलाई जानकारी दिए । 

उनी संक्रमण देखिएका पहिलो उच्च अधिकारी हुन् । हालसम्म अख्तियारमा प्रमुख आयुक्त घिमिरेसहित ४१ कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको छ ।

अख्तियारका ३ सय ५० जनाको स्वाब परीक्षणका लागि पठाइए पनि उनीहरूको रिपोर्ट आउन बाँकी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप