शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कटहरियामा भदौ ६ सम्म निषेधाज्ञा,जबर्जस्ती पसल खोल्नेलाई ५१ सय जरिवाना

मङ्गलबार, २७ साउन २०७७, १९ : ३५
मङ्गलबार, २७ साउन २०७७

रौतहट । रौतहटको कटहरिया नगरक्षेत्रमा १२ दिनसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । साथै नगरपालिकाले विभिन्न ५ बुँदे निर्णय समेत गरेको छ । समुदायमा कोरोना भाईरसको संक्रमण बढ्न थालेपछि मंगलबार मेयर सियाराम कुश्वाहाको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले अगामी भदौ ६ गतेसम्म पूर्णरुपमा निषेधाज्ञा जारिराख्ने निर्णयमा गरेको हो ।

यस अवधिमा मनपरि ढंगले  पसल सञ्चालन गर्नेलाई आर्थिक र कानुनी कार्वाही गर्ने निर्णय समेत गरिएको छ । निषेधाज्ञा अवधिमा अत्यावश्यक बाहेक पसल सञ्चालन गर्नेलाई ५१ सय जरिवाना र २६ घन्टा प्रहरी हिरासतमा राखेर कार्वाही गर्ने निर्णय भएको मेयर सियाराम कुश्वाहाले जानकारी दिए ।

त्यसैगरी संक्रमित ९ जनालाई कटहरिया माविमा रहेको क्वारेन्टाइनमा राखेर उपचार गर्ने तथा उनीहरुको सम्पर्कमा आएकाहरुको पिसिआर परीक्षणको लागि भोलिदेखी स्वाब संकलन गरिने निर्णय गरिएको छ । संक्रमण नियन्त्रण गर्न परीक्षणको दायरा बढाउने तथा वडा १ देखि ९ सम्मका मानिसको परीक्षणको लागि पहल गरिने छ ।

आवश्यकताअनुसार कटहरिया माविको भवनमा आईसोलेसन कक्ष सञ्चालन गर्ने र निषेधाज्ञा अवधिमा सम्बन्धित वडाअध्यक्ष र स्थानीय प्रहरीको समन्वयमा खाद्यान्न सामग्रीको ब्यवस्थापन गरिने निर्णय भएको बैठकमा सहभागी वडा नम्बर ५ का अध्यक्ष सर्फलाल गुप्ताले बताए ।

सर्वपक्षीय बैठकमा मेयर सियाराम कुश्वाहाका साथै  जनप्रतिनिधि, ब्यापारी, पत्रकार सशस्त्र बेश दुधियाभारका इन्स्पेक्टर देवीलाल गोतामे, ईलाका प्रहरी कार्यालय कटहरियाका सई सुरेन्द्र सिंह  लगाय को उपस्थिति रहेको थियो ।यसअघि राजदेवी नगरपालिका र गौर नगरपालिकामा समुदायस्तरमा कोरोना संक्रमण पुष्टि भएपछि स्थानीय प्रशासनले गत २४ गतेदेखि अगामी ३२ गतेसम्म निषेधाज्ञा जारी गरेको थियो  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप