शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश २ मा पछिल्लो २४ घण्टामा थप १ सय ७४ जनामा कोरोना संक्रमण

मङ्गलबार, २७ साउन २०७७, १८ : ५४
मङ्गलबार, २७ साउन २०७७

जनकपुर । प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा १ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा प्रदेश नम्बर २ का १ सय ७४ जनाको रिपोर्ट पोजेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए ।

यससँगै प्रदेशमा संक्रमित हुनेको संख्या ६ हजार ६८ पुगेको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी पर्सामा ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै रौतहटमा ४०, सर्लाहीमा २१, धनुषामा १८, महोत्तरीमा १०, सिरहामा ९, बारामा ७ र सप्तरीमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

त्यस्तै, पर्साको वीरगञ्जमा २४, छपकैयामा ६, विर्तामा १०, आदर्श नगरमा २, माईस्थानमा ३, नारायणी अस्पतालको क्वार्टरमा ४, नेसनल मेडिकल कलेजमा ३, जिल्ला प्रहरी कार्यालय पर्सामा १, जगरनाथपुर गाउँपालिका खालुचरीमा २, वडा प्रहरी विर्तामा ८, धोविनी गाउँपालिकामा १, वीरगञ्ज कृषि सामग्री लिमिटेडका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी रौतहटको राजदेवी नगरपालिकामा १, गौर नगरपालिकामा ११, कटहरिया नगरपालिकामा ९ र ठाउँ नखुलेको स्थानका १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सर्लाहीको मलंगवा नगरपालिकामा २१, धनुषाको जनकपुरधाममा ७, मुक्तिनाथ बैँकका ६ जना कर्मचारी, नेपाल बंगलादेश बैँक जनकपुर १ र राष्ट्रिय वाणिज्य बैँक जनकपुरका १, हंसपुर नगरपालिकामा १, जनकनन्दिनी गाउँपालिकाको क्वारेन्टिनमा १, मंसुरीमा १ र धमगिका १ जनामा कोरोना संक्रमण पुष्टि भएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।

प्रादेशिक अस्पताल जनकपुरमा रहेका महोत्तरीको जलेश्वर नगरपालिकाका २, भंगहा नगरपालिकाका १, जलेश्वर अस्पतालका २, जलेश्वर नगरपालिकाका २, जिल्ला प्रशासन कार्यालय महोत्तरीका १, मटिहानी नगरपालिकाका १ र प्रादेशिक अस्पताल जनकपुरमा रहेका पिपरा गाउँपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै सिरहामा जलेश्वर अस्पतालमा रहेका १ जना र सुखीपुर नगरपालिकाका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी बाराको इतियाही, विश्रामपुर गाउँपालिकाका १, नकटुवाका १, पथलैयाका १, जीतपुर सिमराका ३ र सशस्त्र प्रहरी बल, नीजगढका १ र सप्तरीको हनुमाननगर कंकालिनी गाउँपालिकाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ६ महिलासहित २९ जना निको भएर घर फर्केका छन् भने निको भएर डिस्चार्ज हुनेको संख्या ३ हजार ४ सय १२ पुगेको छ । त्यस्तै प्रदेशमा ३० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको सामाजिक विकास मन्त्रालय प्रदेश २ ले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप