दाहसंस्कार गरेपछि कोरोना पुष्टि, मलामी खोजिँदै
बाह्रबिसे । मृत्युपछि कोरोना पुष्टि भएका सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–४ पलाँचीका खड्ग बहादुर बस्नेतको मलामी गएकाहरुको खोजीकार्य भएको छ । ८४ वर्षीय बस्नेतको दाहसंसकार गरेपछि कोरोना संक्रमण भएको पुष्टि भएको हो ।
गत २२ गते बस्नेतको उपचारको क्रममा राजधानीको ह्याम्स अस्पतालमा मृत्यु भएको थियो । बस्नेत पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता मोहन बहादुर बस्नेतको पिता हुन् ।
बस्नेतको मृत्यु भएको पाँच दिनपछि कोरोना रिपोर्ट पोजेटिभ आएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका इन्सपेक्टर नमराज न्यौपाने बताए । उनले भने, ‘बस्नेतको रिपोर्ट मंगलबार दिउँसो थाहा पाएको हुँ । मलामीहरुको खोजीकार्य सुरु भएको छ ।’
मृतक बस्नेतको कोरोना रिपोर्ट पोजेटिभ आएपछि पलाँची गाउँ नै सिल गर्ने तयारी भइरहेको बाह्रबिसे नगरपालिकाका उपप्रमुख सुशीला पाख्रिनले जानकारी दिइन् । बुधबार कन्ट्याक ट्रेसिङको टोली आउने समेत उपप्रमुख पाख्रिनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कमलसिंह ऐरीले लिए आयरल्यान्ड ‘ए’ को पाँचौँ विकेट
-
बिहानको खाजा कति बेला खानु लाभदायक हुन्छ ?
-
आगामी वर्षको नीति, कार्यक्रम र बजेट बनाउन म आफैँ कमान्ड गर्दैछु : प्रधानमन्त्री
-
सरकारले विपन्न महिलाहरूको ऋण मिनाहा हुने कार्यक्रम ल्याउने
-
सरकारले निर्माण व्यवसायीको समस्या तत्काल समाधान गर्नुपर्छ: सभापति सिंह
-
कमलसिंह ऐरीले लिए आयरल्यान्ड ‘ए’ को चौथो विकेट