शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राप्ती नदीको बाढीले बगायो गैँडा

मङ्गलबार, २७ साउन २०७७, १५ : ५०
मङ्गलबार, २७ साउन २०७७

चितवन । राप्ती नदीले बगाएर आज एउटा गैँडा मरेको छ । निकुञ्जको पश्चिमी क्षेत्रमा पर्ने अन्द्रयौली घाट नजिकै नदीमा आज मृतावस्थामा गैँडा फेला परेको हो । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत ऋषि रानाभाटका अनुसार करीब १५–२० वर्षको पोथी गैँडा नदीमा मृत भेटिएको हो । मेघौली नजीक राप्ती नदीमा बाढी घट्दै गएपछि गैँडा देखिएको प्रारम्भिक अनुमान गरिएको रानाभाटले जानकारी दिए । उनका अनुसार नदीमा रहेको गैँडालाई बाहिर ल्याएर परीक्षण गर्ने तयारी गरिएको छ । 

यसअघि २०७४ सालमा आएको बाढीका कारण बगाएका १३ वटा गैँडा उद्धार गरिएको थियो । यसै महिनामा मात्र भारत पुगेको एक गैँडा नेपाल आएको मौका पारेर उद्धार गरिएको छ । त्यतिबेला राप्ती र नारायणी नदीको बाढीले वन्यजन्तु बगाएर कतिपय मरेका थिए । यस वर्ष प्राकृतिक कारणले गैँडा मरेको यो पहिलो हो । गत आर्थिक वर्षमा निकुञ्ज र राष्ट्रिय वनमा प्राकृतिक कारणबाट २६ वटा गैँडा मरेका थिए । यसमध्ये २४ निकुञ्ज क्षेत्रमा र दुईवटा वन क्षेत्रमा गैँडा मरेका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप