प्रसूति अस्पतालमा पीसीआर परीक्षण सुरु

काठमाडौं । काठमाडौंको थापाथली स्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा कोभिड १९को परीक्षण सुरु भएको छ । काठमाडौं महानगरपालिकाले पीसीआर मेसिन उपलब्ध गराएपछि अस्तपालमा कोभिड १९ परीक्षण सुरुभएको हो । अस्पतालको ६१ औं वार्षिकोत्सवको अवसरमा मंगलबार पीसीआर प्रयोगशालको औपचारिक उ्घाटन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको उपस्थितिमा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पीसीआर प्रयोगशालाको उद्घाटन गरेका हुन् ।
महानगरपालिकाले पीसीआर मेसिन उपलब्ध गराएपछि अस्पतालले पीसीआर ल्याब निर्माण गरेको हो । महानगरले पीसीआर मेसिन सहित भिटिएम १ हजार ५ सय थान, आरडीटी १ हजार ५ सय थान र पीपीई ५ सय थान उपलब्ध गराएको छ । अस्पतालकी निर्देशक संगीता कौशल मिश्राले महानगरपालिकाले पीसीआर मेसिन सहयोग गरेपछि परीक्षण सुरु गरिएको बताइन् । उनले संक्रमणको महामारीको अवसथामा अस्पताल भित्रै पीसीआर परीक्षण प्रयोगशाला स्थापना हुँदा विरामीको उपचारमा थप सहयोग पुग्ने बताइन् ।
अस्पतालले कोभिड १९ संक्रमणको आशंका लागेका विरामीलाई कुपण्डोलस्थित छुट्टै भवनमा आइसोलेसनमा राखेर उपचार गर्दै आएको र पीसीआर परीक्षणको ल्याब सुरु भएपछि उपचारका लागि थप सहज हुने विश्वास मिश्राले व्यक्त गरिन् । गत आर्थिक वर्षमा अस्पतालले १९ हजार ६ सय २५ जना महिलालाई बहिरङ्ग सेवा दिएको छ । त्यस्तै २२ हजार ४ सय ६१ जनाको सुरक्षित सुत्केरी गराउन अस्पताल सफल भएको छ । यसबाहेक ८ हजार ५ सय २८ जनाले शलयक्रियाबाट बच्चा जन्माएको अस्पतालले जनाएको छ । अस्पतालमा एनआइसियु सेवा, क्यान्सर सम्बन्धी परीक्षण, अल्ट्रासाउन्ड सेवा, सिटीस्क्यान सेवा र मेमोग्राम लगायतका सेवा उपलब्ध रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीमा केही मिनेटको अन्तरमा दोस्रो भूकम्प
-
‘महाशिवरात्रिमा भगवान् पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ’
-
तीनपटक आयोजक, दुईपटक फाइनलमा तर, सधैँ अभागी
-
म्याग्दी केन्द्रबिन्दु भएर भूकम्प
-
सोफीको शानदार प्रदर्शन, सुपर ओभरमा स्तब्ध बन्यो बैंगलुरु
-
क्रिकेटर दीपेन्द्रसिंह ऐरी एनएसएल फुटबलमा धनगढी एफसीको सद्भावनादूत नियुक्त