शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

रुसको भ्याक्सिनमा यति विश्वास कि राष्ट्रपति ट्रायलका लागि तयार

मङ्गलबार, २७ साउन २०७७, १३ : ५०
मङ्गलबार, २७ साउन २०७७

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटर्टेले कोरोनाभाइरसको भ्याक्सिन बनाउनमा रुसको कोसिसलाई अत्यधिक तारिफ गरेका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार उनले रुसको यो भ्याक्सिन ट्रायलमा समावेश हुने इच्छा व्यक्त गरेका छन् ।

रुसले फिलिपिन्सलाई यो भ्याक्सिन प्रदान गर्न बचन दिएको छ । फिलिपिन्समा पनि रुसको भ्याक्सिनको उत्पादन गर्न सकिने सम्भावना छ ।

फिलिपिन्स एशियाको त्यो देशमा समावेश छ जहाँ कोरोना संक्रमितको संख्या धेरै छ । फिलिपिन्समा हालसम्म कोरोनाभाइरस संक्रमितको संख्या १ लाख लाख ३६ हजार ६ सय ३८ रहेका छन् ।

सोमबार अबेर राती डुटर्टेले टिभीमा भने, ‘म राष्ट्रपति पुटिनलाई कोभिड–१९ को लडाईंमा रुसको अनुसन्धानमा मेरो पूर्ण विश्वास भएको बताउन चाहन्छु । तपाईंकोमा जुन भ्याक्सिन तयार हुन लागेको छ, त्यो मानवताको हितमा रहेको मलाई पूर्ण विश्वास छ ।’

संसारभरी कोरोनाभाइरसको भ्याक्सिन बनाउने होडबाजी चलिरहेको छ । यसका लागि चिन्ता पनि व्यक्त गरिँदै छ । रुसको भ्याक्सिनको विषयमा विश्व स्वास्थ्य संगठनले पनि शंका व्यक्त गरेको थियो ।

यस्तोमा फिलिपिन्सका राष्ट्रपतिले रुसको भ्याक्सिनको पहिलो प्रयोग आफूमाथि गर्न सकिने प्रस्ताव पेश गरेका छन् । मंगलबार डुटेर्टेले फिलिपिन्स रुसको भ्याक्सिनको समर्थनमा भएको र आफू ट्रायल, उत्पादनका साथै आपूर्तिमा मद्दत गर्ने बचन दिए ।

स्रोतः बीबीसी   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप