केन्द्रीय संस्करण

कोरोना न्युनिकरण गर्न करणले अनामनगरमा बनाए स्यानिटाईजर बुथ

person explore access_timeसाउन २७, २०७७ chat_bubble_outline0

काठमाडौं । फिल्म निर्माता, वितरक तथा कलाकार करण श्रेष्ठ ‘क्रेजी’ले अनामनगरस्थित सिंहदरबारको पूर्वी गेट अगाडि सार्वजनिक स्यानिटाईजर बुथको स्थापना गरेका छन् ।  पछिल्लो समय देशभर कोरोनाको जोखिम बढेको भन्दै उनले अनामनगरमा अवातजावत गर्नेका सर्वसाधरणका लागि पूर्वी गेट अगाडि स्यानिटाईजर बुथको स्थापना गरेका हुन् ।

जागौं युवा अभियानका अध्यक्ष समेत रहेका श्रेष्ठको स्यानिटाईजर बुथको उद्घाटन कलाकार दीपकराज गिरी, अनामनगर प्रहरी बृत्तका डिएसपी हरिबहादुर बस्नेत, गुण सिनेमा प्रालिका सञ्चालक महेशप्रसाद किजुलगायतले मंगलबार उद्घाटन गरेका छन् । 

जागौँ युवा अभियानद्वारा करणले अनामनगरमा वृक्षारोपन, कोरोना भाइरसको जोखिम मास्क वितरण तथा जनचेतना फैल्याउने काम समेत गरिरहेका छन् ।  कलाकार दीपकराज गिरीले करणले झै टोलटोलमा स्यानिटाईजर बुथका स्थापना र जनचेतना कार्यक्रम आवश्यक रहेको बताए । उनले करणको कामबाट धेरै सिक्नुपर्ने धारणा समेत राखेका थिए । 

‘कोरोनाको जोखिम न्युनिकरण गर्न देशभर सार्वजनिक स्थानमा यस्तै किसिमको स्यानिटाईजर बुथका स्थापना गर्नुपर्छ’ निर्माता श्रेष्ठले भने– ‘हामीले आफ्नो निवास र कार्यस्थल र टोलटोलमा यस्ता स्यानिटाईजर बुथको स्थापना गर्न सक्यौ भने कोरोना विरुद्धको लडाई अभियानमा सहयोग पुग्छ ।’  ‘यस्ता काममा युवालाई प्रेरित गर्नुपर्छ’ उनले थपे ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.