शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भट्टको नियुक्ति खारेज गर्न ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको माग

मङ्गलबार, २७ साउन २०७७, १३ : ००
मङ्गलबार, २७ साउन २०७७

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सरकारले हालै लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गरेका सुशील भट्टको नियुक्ति खारेज गर्न माग गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष खेमराज रेग्मीले मंगलबार विज्ञप्ति जारी गर्दैआर्थिक तथा राजनैतिक विचौलियाको रुपमा काम गर्ने अत्यन्त विवादास्पद छवि बनाएका व्यक्तिलाई नियुक्त गरेको भन्दै यस्तो माग गरेका हुन् ।

‘विश्वभरीका लगानीकर्ताहरुको विश्वास आर्जन गरेर मुलुकमा राष्ट्रिय महत्वका ठूला विकास निर्माणका आयोजनाहरु भित्र्याउन सक्ने योग्य, ईमान्दार र विश्वसनीय व्यक्तीको छनौट गरी लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्त हुनुपर्नेमा कालोसूचीमा परेका अन्तराष्ट्रिय कम्पनिहरुको एजेन्टको रुपमा काम गरी बदनाम कमाएका, कमिशनको चक्करमा राजनैतिक बिचौलियाको परिचय बनाएका तथा नागरिक स्तरमा व्यापक आलोचित व्यक्तिलाई नियुक्त गरिनु अत्यन्त आपत्तिजनक विषय हो’, विज्ञप्तिमा भनिएको छ । 

सुशासनका माध्यमबाट आर्थिक सम्वृद्धि ल्याउने घोषणा गरेको सरकारले संचारमाध्यम लगायत सचेत नागरिक समाजबाट जस्को नियत प्रवृति र चरित्रबारे पटक पटक आलोचनात्मक टिप्पणी भएको भइरहेका बेला त्यस्ता व्यक्तिलाई राज्यको आर्थिक सम्वृद्धिको हिसाबले महत्वपूर्ण निकायको रुपमा रहेको लगानी बोर्डको कार्यकारी प्रमुखको जिम्मेवारी सुम्पनु अत्यन्त विरोधाभासपूर्ण रहेको पनि ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको ठहर छ । 

कानूनद्वारा निर्धारित न्यूनतम योग्यता र अनुभव समेत शंकास्पद रहेका विवादास्पद चरित्रको व्यक्तिलाई अन्य कुनै विकल्पै नभए जसरी नागरिक आवाजको उपेक्षा गर्दै बलमिच्याई गरी नियुक्ती दिनुका पछाडि सरकारको नियत माथि पनि गम्भीर प्रश्न तेर्सिएका तथा नागरिक आवाजको उपेक्षा गर्नु अधिनायकवाद तर्फको यात्रा भएको सो संस्थाको निष्कर्ष छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप