राखेपले माग्यो बक्सिङ सङ्घका अध्यक्षसित आर्थिक विवरण
काठमाडौं । राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले नेपाल बक्सिङ सङ्घका अध्यक्ष राम अवालेलाई आर्थिक विवरणसँगै सङ्घले गरेका सम्पूर्ण कामको विवरण एक हप्ताभित्र पठाउन निर्देशन दिएको छ । राखेपका सङ्घसंस्था समन्वय शाखाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले सङ्घका अध्यक्ष अवालेलाई सङ्घका सबै कामकारवाही र आर्थिक विवरण एक साताभित्र उपलब्ध गराउन सोमबार पत्र पठाएका हुन् ।
अध्यक्ष अवालेले बक्सिङ सङ्घलाई एकलौटीरूपमा चलाएको, चार वर्षको कार्यकालमा साधारणसभासमेत गर्न नसकेको तथा विधानविपरीत काम गरेको भनी सङ्घका महासचिव सविन भट्टाचार्य र कोषाध्यक्ष गौतम सुजखुले गत असार १४ गते राखेपमा उजूरी दर्ता गराएका थिए ।
महासचिव र कोषाध्यक्षले उजूरी दिएपछि राखेपले अध्यक्ष अवालेलाई चाँडोभन्दा चाँडो आर्थिक कारोवारको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । महासचिव भट्टाचार्यले सङ्घको कार्यसमिति बैठकमा आफूमाथि हातपात भएको समेत आरोप लगाएका छन् । अध्यक्ष अवालेले भने आफूमाथि लगाइएको आरोप सत्य नभएको बताउँदै बैठकमा आर्थिक प्रतिवेदनमाथि छलफल हुँदा सामान्य विवाद भएको भने स्वीकारेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशिष्ट व्यक्तिलाई उपलब्ध गराइएका सुरक्षाकर्मीहरू बाहेक अन्यलाई फिर्ता बोलाउन गृहको निर्देशन
-
श्रीलङ्काका लागि बीआरआई परियोजना सेतो हात्ती : तलाल रफी
-
मलामी जाँदा भेरीमा डुबेका व्यक्तिको खोजीमा गोताखोर परिचालन
-
असारसम्म आयोजना स्थल नछोड्न आयोजना प्रमुखहरूलाई भौतिक मन्त्रीको निर्देशन
-
उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न संघीय सरकारले मात्रै सक्दैन : अर्थमन्त्री पुन
-
कतार र नेपालबिच धेरै कुरामा समानता देखिन्छ : राजदूत डा. ढकाल