एनआरएन इन्फास्ट्रक्चरको शेयर बाँडफाँट, ३ लाख २० हजारले पाए शेयर
काठमाडौं । एनआरएन इन्फास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । सो आईपीओको बिक्री प्रबन्धकको रुपमा रहेको सानिमा क्यापिटलले मंगलबार बिहान शेयरको बाँडफाँट गरेको हो । त्यसअनुसार ३ लाख २० हजार आवेदकलाई १०/१० कित्ता शेयर वितरण गरिएको छ ।
एनआरएनले निष्कासन गरेको ३३ लाख ९८ हजार ४६ कित्ता शेयरमध्ये ३१ लाख ६० हजार १ सय ८३ कित्ता सर्वसाधारणलाई र बाँकी संस्थाका कर्मचारी र म्युचुअल फण्डका लगानीकर्तालाई छुट्याइएको थियो । तर संस्थाका कर्मचारीहरुले सो शेयरका लागि उल्लेख्य आवेदन नदिएपछि त्यो शेयर समेत सर्वसाधारणलाई नै बाँडिएको हो । त्यसो हुँदा कुल ३२ लाख ६ हजार १ सय ४० कित्ता शेयर सर्वसाधारणलाई वितरण गरिएको छ । धितोपत्र निष्कासन तथा बाँडफाँट नियमावली अनुसार कम्तिमा १० कित्ता शेयर बाँडफाँट गर्नुपर्ने भएपछि यो शेयर ३ लाख २० हजार ६ सय १४ जनाले मात्रै उक्त शेयर पाएका छन् ।
उक्त शेयरका लागि ४ लाख २८ हजारले आवेदन दिएकोमा ४ लाख १७ हजार ९ सय जनाको आवेदन स्वीकृत गरिएको थियो । यसो हुँदा करिब ९७ हजार आवेदक शेयर पाउनबाट बञ्चित भएका छन् । शेयर बाँडफाँट भएसँगै अब सो कम्पनीको शेयर दोस्रो बजारमा सूचीकरण र कारोबार प्रक्रियामा जानेछ । सो कम्पनीको पहिलो कारोबार १ सय ३ रुपैयाँदेखि २ सय ६ रुपैयाँको बीचमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लमजुङमा भूकम्पको धक्का
-
पोप फ्रान्सिसको अवस्था अझै गम्भीर
-
लुम्बिनी प्रदेश : योजनाविना धमाधम कोल्ड स्टोर निर्माण, सञ्चालनमा छैन ध्यान
-
निर्माण भएका कोल्ड स्टोर बाह्रै महिना चलाउन पहल गर्नेछौँ ः कृषिमन्त्री पन्थी
-
लुम्बिनी प्रदेशमा चिस्यान केन्द्र दिगो व्यवस्थापन कसरी गर्ने ?
-
व्यावसायिक कफीखेतीमा जुट्दै हतुवागढीका किसान