बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएन इन्फास्ट्रक्चरको शेयर बाँडफाँट, ३ लाख २० हजारले पाए शेयर

मङ्गलबार, २७ साउन २०७७, ०९ : ४६
मङ्गलबार, २७ साउन २०७७

काठमाडौं । एनआरएन इन्फास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । सो आईपीओको बिक्री प्रबन्धकको रुपमा रहेको सानिमा क्यापिटलले मंगलबार बिहान शेयरको बाँडफाँट गरेको हो । त्यसअनुसार ३ लाख २० हजार आवेदकलाई १०/१० कित्ता शेयर वितरण गरिएको छ ।

एनआरएनले निष्कासन गरेको ३३ लाख ९८ हजार ४६ कित्ता शेयरमध्ये ३१ लाख ६० हजार १ सय ८३ कित्ता सर्वसाधारणलाई र बाँकी संस्थाका कर्मचारी र म्युचुअल फण्डका लगानीकर्तालाई छुट्याइएको थियो । तर संस्थाका कर्मचारीहरुले सो शेयरका लागि उल्लेख्य आवेदन नदिएपछि त्यो शेयर समेत सर्वसाधारणलाई नै बाँडिएको हो । त्यसो हुँदा  कुल ३२ लाख ६ हजार १ सय ४० कित्ता शेयर सर्वसाधारणलाई वितरण गरिएको छ । धितोपत्र निष्कासन तथा बाँडफाँट नियमावली अनुसार कम्तिमा १० कित्ता शेयर बाँडफाँट गर्नुपर्ने भएपछि यो शेयर ३ लाख २० हजार ६ सय १४ जनाले मात्रै उक्त शेयर पाएका छन् ।

उक्त शेयरका लागि ४ लाख २८ हजारले आवेदन दिएकोमा ४ लाख १७ हजार ९ सय जनाको आवेदन स्वीकृत गरिएको थियो । यसो हुँदा करिब ९७ हजार आवेदक शेयर पाउनबाट बञ्चित भएका छन् । शेयर बाँडफाँट भएसँगै अब सो कम्पनीको शेयर दोस्रो बजारमा सूचीकरण र कारोबार प्रक्रियामा जानेछ । सो कम्पनीको पहिलो कारोबार १ सय ३ रुपैयाँदेखि २ सय ६ रुपैयाँको बीचमा हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप