बाग्मती प्रदेशमा सक्रिय कोरोना संक्रमित बढ्दै
पछिल्लो समय बाग्मती प्रदेशमा सक्रिय कोरोना संक्रमित ह्वात्तै बढेको छ । बाग्मती प्रदेशकै काठमाडौं उपत्यकामा समयमै संक्रमितको पहिचान गर्न नसकेमा ‘कोरोना हटस्पोट’ बन्न सक्ने खतरा जनस्वास्थ्यविद्ले औंल्याउँदै आएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कले पनि सातवटा प्रदेशमध्ये बाग्मती प्रदेशमा सक्रिय संक्रमितको संख्या उच्च रहेको प्रष्ट पार्छ । ५ सयभन्दा बढी संक्रमित हुने ४ जिल्लामध्ये काठमाडौँ जिल्ला पनि एक हो । काठमाडौं उपत्यकामा सोमबारसम्म संक्रमितको संख्या एक हजार एक सय ८० पुगेको छ । काठमाडौंमा ९ सय ४८, ललितपुरमा १ सय ४३ र भक्तपुरमा ८९ जना संक्रमित पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
एक महिना अघिसम्म कोरोना संक्रमितमध्ये ९९.७ प्रतिशतमा कुनै लक्षण देखिएको थिएन । लक्षणसहितका संक्रमित बढ्ेसँगै बाग्मती प्रदेशमा एक हप्तायता डिस्चार्ज हुनेभन्दा सक्रिय कोरोना संक्रमितको संख्या बढ्दै गएको हो ।
बाग्मती प्रदेशमा सोमबारसम्ममा एक हजार २ सय १० जना कोरोना संक्रमितको पहिचान भएको छ भने ६ सय ३ जना निको भएर घर फर्किएका छन् । कोरोना संक्रमणका कारण १३ जनाको ज्यान गएको छ ।
श्रावण २० गते मंगलबारदेखि २६ गते सोमबारसम्मको विवरणमा बाग्मती प्रदेशमा डिस्चार्ज हुनेको तुलनामा संक्रमित हुनेको संख्या बढ्दै गएको छ ।
बाग्मती प्रदेशःअन्य प्रदेशको तुलनामा बाग्मती प्रदेशमा सक्रिय कोरोना संक्रमित बढ्दा उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला उच्च जोखिम रहेको तथ्याङ्कले प्रष्ट्याउँछ । लक्षणविहीन कोरोना संक्रमितभन्दा सक्रिय कोरोना संक्रमितबाट अन्य मानिसलाई संक्रमण सर्ने सम्भावना बढी हुन्छ । लक्षणसहितका सक्रिय कोरोना संक्रमितले धेरैलाई संक्रमण सार्न सक्ने क्षमता राख्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन बताउँछन् । उच्च जनघनत्व रहेकोे राजधानी काठमाडौँमा सक्रिय संक्रमितको संख्या बढ्दै जानु राम्रो संकेत नभएको जनस्वास्थ्यविद्हरूले बताउन थालेका छन् ।
यस्तै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भाइरस धेरै ठूला बस्तीमा प्रवेश गर्न सक्ने चेतावनी दिएको छ । कोरोना भाइरस मौसमी भाइरस हो भन्ने कुनै संकेत नमिलेको डब्ल्यूएचओका कोभिड–१९ सम्बन्धी प्राविधिक विभाग प्रमुख डाक्टर मारिया वैन कर्खाेवको भनाइ छ । कोरोना संक्रमणबाट बच्नको लागि अनिवार्य रुपमा सही तरिकाले मास्क लगाउन, सामाजिक दुरी कायम गर्न, भीडमा ननिस्कन सबैलाई उनको आग्रह छ ।
७ वटै प्रदेशमा यस्तो छ कोरोनाको अवस्था
प्रदेश नम्बर १ मा श्रावण २६ गतेसम्म ५ सय २९ जनामा कोरोनाभाइरसको सक्रिय संक्रमण पाइएको छ । हालसम्म ९ सय ४७ जना निको भएर घर फर्किएका छन् भने ५ जनाको मृत्यु भइसकेको छ ।
एक हप्ता यताको विवरण
प्रदेश नम्बर १
प्रदेश नम्बर २ मा श्रावण २६ गतेसम्म ३ हजार १ सय ४४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यस प्रदेशमा हालसम्म ३३ हजार १ सय ५७ जना डिस्चार्ज भएर घर फर्किएका छन् भने ३३ जनाको कोरोना संक्रमणकै कारण ज्यान गएको छ ।
प्रदेश नम्बर २ :
गण्डकी प्रदेशमा श्रावण २६ गतेसम्म २ सय ३३ जनामा कोरोना भाइरस सक्रिय संक्रमणकोे पुष्टि भएको छ । हालसम्म १ हजार ४ सय ६५ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणको कारण ६ जनाको मृत्यु भएको छ ।
गण्डकी प्रदेशः
प्रदेश नम्बर ५ मा श्रावण २६ गतेसम्म ५ सय ४३ जनामा कोरोनाभाइरसको संक्रमण भएको छ । हालसम्म ४ हजार १ सय ८१ जना डिस्चार्ज भएका छन् भने ११ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।
प्रदेश नम्बर ५ः
कर्णाली प्रदेशमा श्रावण २६ गतेसम्म १ सय ८४ जनामा कोरोना भाइरस सक्रिय संक्रमित फेला परेका छन् । हालसम्म १ हजार ९ सय जना डिस्चार्ज भएका छन् भने ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
कर्णाली प्रदेशः
सुदूरपश्चिम प्रदेशमा श्रावण २६ गतेसम्म कोरोना भाइरसका संक्रमितको संख्या ८ सय ९५ जना पुगेको छ । हालसम्म ४ हजार ४० जना डिस्चार्ज भएका छन् भने ७ जनाको मृत्यु भएको छ ।
सुदूरपश्चिम प्रदेशः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सरविरुद्धको सबै एचपीभी खोप ल्याइयो
-
खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
-
वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको घटनाप्रति कांग्रेसको निन्दा
-
१० बजे १० समाचार : रिहा भए रवि, राष्ट्रपतिलाई मनाउन प्रमको फोन
-
अध्यादेशले तरंगित राजनीति, एकैसाथ जुर्मुराए सरकार र प्रतिपक्ष
-
रवि विरुद्ध बहस गरेकै कारण वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण