बेरुतको शक्तिशाली विष्फोटपछि लेवनानको सरकार ढल्यो

एजेन्सी । बेरुतमा भएको शक्तिशाली विष्फोटपछि लेवनानको सरकार ढलेको छ । सोमबार प्रधानमन्त्री लगायत सबै मन्त्रीहरुले राजीनामा दिएका छन् । गत मंगलबार भएको शक्तिशाली विष्फोटपछि सरकारविरुद्ध प्रदर्शनहरु समेत भएका थिए ।
शक्तिशाली विष्फोटपछि परिस्थिति थप असहज हुँदै गएको थियो । त्यही बीचमा प्रधानमन्त्री हसन दीव लगायत पुरै क्याविनेट सदस्यले सोमबार राजीनामा दिएका हुन् । प्रधानमन्त्री हसनले सोमबार राष्ट्रिय टेलिभिजनमार्फत राष्ट्रको नाममा सम्बोधन गरी राजीनामा दिएको घोषणा गरेका थिए । प्रधानमन्त्रीले आफ्नो सन्देशमा भनेका छन्– ‘हामी यो त्रासदीपूर्ण अवस्थामा जनताका लागि आफ्नो उत्तरदायित्व, जवाफदेही बन्दै जनताको वास्तविक परिवर्तनको चाहनाको कदर गर्न चाहान्छौं ।’
राजीनामा पछि अब संसदले नयाँ प्रधानमन्त्री चुन्नेछ । पछिल्लो हप्ता मंगलबार राजधानी बेरुतमा शक्तिशाली विष्फोट हुँदा २२० जनाको मृत्यु भएको थियो भने ११० जनाभन्दा बढी अझै बेपत्ता रहेका छन् । उक्त विष्फोटमा ६ हजारभन्दा बढी घाइते भएका थिए । यो विष्फोटपछि लेबनानमा आर्थिक संकट गहिरिएको छ भने शहरमा प्रदर्शन चर्किएको छ । प्रदर्शनकारीहरुले सरकारसँग शहरको मध्यभागमा विष्फोटक पदार्थ राख्नुको कारणबारे जवाफ मागिरहेका छन् । हज्जारौं मानिसहरु बेरुतको सडकमा प्रदर्शन गरिरहेका छन् ।
प्रधानमन्त्री हसनले विष्फोट हुनुको मुख्य कारण विगत ६ वर्षदेखि बेरुत बन्दगाहमा भण्डारण गरिएको अमोनियम नाइट्रेट रहेको प्रस्ट पारेका थिए । बन्दगाहमा रहेको सो गोदाममा २७५० टन अमोनिय नाइट्रेट भण्डारण गरिएको थियो, जसमा आगो लाग्दा शक्तिशाली विष्फोट भएको सञ्चारमाध्यामहरुले जनाएका छन् । यो विष्फोटपछि बेरुतमा कम्तिमा ३ अर्ब डलरको नोक्सान भएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध