केन्द्रीय संस्करण

बेरुतको शक्तिशाली विष्फोटपछि लेवनानको सरकार ढल्यो

person explore access_timeसाउन २७, २०७७ chat_bubble_outline0

एजेन्सी । बेरुतमा भएको शक्तिशाली विष्फोटपछि लेवनानको सरकार ढलेको छ । सोमबार प्रधानमन्त्री लगायत सबै मन्त्रीहरुले राजीनामा दिएका छन् । गत मंगलबार भएको शक्तिशाली विष्फोटपछि सरकारविरुद्ध प्रदर्शनहरु समेत भएका थिए । 

शक्तिशाली विष्फोटपछि परिस्थिति थप असहज हुँदै गएको थियो । त्यही बीचमा  प्रधानमन्त्री हसन दीव लगायत पुरै क्याविनेट सदस्यले सोमबार राजीनामा दिएका हुन् । प्रधानमन्त्री हसनले सोमबार राष्ट्रिय टेलिभिजनमार्फत राष्ट्रको नाममा सम्बोधन गरी राजीनामा दिएको घोषणा गरेका थिए । प्रधानमन्त्रीले आफ्नो सन्देशमा भनेका छन्– ‘हामी यो त्रासदीपूर्ण अवस्थामा जनताका लागि आफ्नो उत्तरदायित्व, जवाफदेही बन्दै जनताको वास्तविक परिवर्तनको चाहनाको कदर गर्न चाहान्छौं ।’ 

राजीनामा पछि अब संसदले नयाँ प्रधानमन्त्री चुन्नेछ । पछिल्लो हप्ता मंगलबार राजधानी बेरुतमा शक्तिशाली विष्फोट हुँदा २२० जनाको मृत्यु भएको थियो भने ११० जनाभन्दा बढी अझै बेपत्ता रहेका छन् । उक्त विष्फोटमा ६ हजारभन्दा बढी घाइते भएका थिए । यो विष्फोटपछि लेबनानमा आर्थिक संकट गहिरिएको छ भने शहरमा प्रदर्शन चर्किएको छ । प्रदर्शनकारीहरुले सरकारसँग शहरको मध्यभागमा विष्फोटक पदार्थ राख्नुको कारणबारे जवाफ मागिरहेका छन् । हज्जारौं मानिसहरु बेरुतको सडकमा प्रदर्शन गरिरहेका छन् । 

प्रधानमन्त्री हसनले विष्फोट हुनुको मुख्य कारण विगत ६ वर्षदेखि बेरुत बन्दगाहमा भण्डारण गरिएको अमोनियम नाइट्रेट रहेको प्रस्ट पारेका थिए । बन्दगाहमा रहेको सो गोदाममा २७५० टन अमोनिय नाइट्रेट भण्डारण गरिएको थियो, जसमा आगो लाग्दा शक्तिशाली विष्फोट भएको सञ्चारमाध्यामहरुले जनाएका छन् । यो विष्फोटपछि बेरुतमा कम्तिमा ३ अर्ब डलरको नोक्सान भएको जनाइएको छ । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.