बेरुत विष्फोटको असरः लगातार ३ मन्त्रीद्वारा राजीनामा

एजेन्सी । लेबनानका कानुनमन्त्री मारिया क्लाउड नाज्मले सोमबार पदबाट राजीनामा दिएकी छिन् । । उनले प्रधानमन्त्री हसन डिअबलाई राजीनामा पत्र बुझाएको लेबनानको प्रसारक संस्था एम टिभीले जनाएको छ । यसअघि सञ्चारमन्त्री मनल अब्देल समद र वातावरण मन्त्री डामियनोस कात्तारले पनि राजीनामा बुझाएका थिए ।
बेरुतमा केही दिनअघि भएको विस्फोटन र त्यसपछि भएको विरोधका कारण उनीहरुले राजीनामा दिएको समाचारमा जनाइएको छ । यही अगस्ट महिनाको ४ तारिखमा भएको विस्फोटनमा परी १५८ जनाको मृत्यु भएको छ भने ६ हजारभन्दा बढी घाइते भएका छन् ।
त्यसैगरी लाखौं बराबरको भौतिक क्षति भएको र सहरको झण्डै आधा घरमा विस्फोटनको असर परेको छ । बेरुतमा भएको विस्फोटनका कारण अझै पनि केही मानिस बेपत्ता अवस्थामै छन् भने लाखौँ विस्थापित भएका छन् । शक्तिशाली विस्फोटनका कारण असुरक्षित महसुस गरेर, घरबार विहिन भएर उनीहरु विस्थापित हुनु परेको अधिकारीहरुले जनाएका छन् । लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा गत मङ्गलबार अबेर विनाशकारी र शक्तिशाली विस्फोट भएको थियो ।
करिब दुई हजार ७५० टन ‘एमोनियम नाइट्रेट ’ नामक रासायनिक पदार्थ भण्डारण गरेको एक गोदाम घरमा भएको यस विस्फोटनको आवाज धेरै ढाटासम्म सुनिएको थियो । यस गोदाममा सन् २०१४ मा एक कार्गो जहाजबाट बरामद गरिएको ‘एमोनियम नाइट्रेट ’ भण्डारण गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध