शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शिवानीको ‘अबन्धन’मा स्वतन्त्रताको कुरा

सोमबार, २६ साउन २०७७, २२ : ५७
सोमबार, २६ साउन २०७७

काठमाडौं । गायिका शिवानी भट्टराईको नयाँ गीत ‘अबन्धन’ सार्वजनिक भएको छ । महिला सशक्तिकरणमा जोड दिइएको गीतमा शब्द, संगीत तथा स्वर उनकै रहेको छ । 
गीतको भिडियो समेत बनाइएको छ । जसमा उनी आफै  देखिएकी छन् । उनलाई अभिनयमा प्रशान्त तामाङले  साथ दिएका छन् । 

प्रशन्न शाक्यको निर्देशन रहेको भिडियोमा बर्खा मुखिया र रेवत श्रेष्ठको छायाँकन, प्रविन श्रेष्ठको सम्पादन रहेको छ । गीतले महिलाको पीडालाई प्रस्तुत गरेको छ ।
शिवानीले गीतमा प्रेममा युवतीले भोगेको हिंसा र प्रेम छोडेपछिको स्वतन्त्रता दुबै ब्यक्त गरेकी छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप