शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रधानन्यायाधीशलाई १७ बुँदे ध्यानाकर्षणपत्र बुझाइयो

सोमबार, २६ साउन २०७७, २२ : २१
सोमबार, २६ साउन २०७७

काठमाडौं । नेपाल बार एसोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई आज १७ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । ध्यानाकर्षणपत्रमा न्याय क्षेत्रभित्रका विसङ्गति, विकृति, विचौलिया र भ्रष्टाचार नियन्त्रण गर्न बारको प्रतिनिधि सम्मिलित एउटा विशेष संयन्त्र अविलम्ब गठन गर्नुपर्ने, न्यायाधीश नियुक्ति, न्यायालयमा हुने सबै प्रकारका राजनीतिक हस्तक्षेप निषेध र अस्वीकार गर्नुपर्ने रहेको छ ।

  वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्दा बारको सुझावलाई गम्भीरतापूर्वक नलिएको, मुख्य न्यायाधीश, मुख्य भई काम गर्ने न्यायाधीश वा न्यायाधीश नियुक्ति गर्दा निश्चित आधार, कारण र मापदण्ड आधारमा गरिनुपर्ने अदालतमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको प्रवेश र प्रभावलाई तत्काल नियन्त्रण गर्नुपर्ने रहेको छ ।

ध्यानाकर्षण पत्रमा अदालतका आदेश, फैसलाको कार्यान्वयन तत्काल गरी न्याय भएको अनुभूति दिलाउनु पर्ने, दैनिक तथा साप्ताहिक पेशी सूचीमा मुद्दा स्थगित हुँदा समान प्रकृतिका मुद्दामा समान आधार र कारणका आधारमा स्थगित गर्नुपर्नेलगायत रहेको छ । बारका महासचिव लिलामणि पौडेलले बारले प्रधानन्यायाधीशलाई समग्र न्यायालयको सुधारका लागि १७ बुँदे ध्यानाकर्षणपत्र बुझाएको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप