केन्द्रीय संस्करण

बोहुमिन शहरको अपार्टमेन्टमा आगलागी: बच्चासहित ११ व्यक्तिको मृत्यु भएको पुष्टि

person explore access_timeसाउन २६, २०७७ chat_bubble_outline0
Photo: aljazeera

एजेन्सी । चेक गणतन्त्रको प्रहरीले बुहुमिन शहरमा स्थानीय समयअनुसार आइतबार अपार्टमेन्टको एउटा भवनमा आगलागी हुँदा तीन बच्चासहित ११ व्यक्तिको मृत्यु भएको पुष्टि गरेको छ ।  प्रहरीले घटनामा सम्लग्न रहेको आरोपमा एक जना व्यक्तिलाई पक्राउ गरी अनुसन्धान सुरू गरिसकिएको बताएको छ ।  

राजधानीबाट करिब ३०० किलोमिटर उत्तरपूर्वमा रहेको उक्त शहरको अपार्टमेण्टको एघारौँ तलामा जन्मोत्सव मनाइरहेको एक परिवारिक जमगठमा आगलागी हुँदा ६ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने अन्य पाँच जना आगलागीबाट बच्न अग्लो भवनबाट हाम फाल्दा ज्यान गुमाएका थिए ।

क्षेत्रीय अभियोजनकर्ता मिखाइल क्रोलका अनुसार आरोप पुष्टि भएमा पक्राउ परेका आरोपितलाई आजिवन कैद सजाय हुने बताए ।  उनले आरोपितलाई हिरासतमा पठाउने वा के गर्ने भन्नेबारे थप अनुसन्धानपछि बताउन सकिने उल्लेख गरे ।

प्रहरीले आगलागी भएको भवनको ११ औँ तलामा अतिप्रज्वलनशील पदार्थ भेटिएको भन्दै सुरू देखि नै घटना नियोजित भएको आशङ्का गरेको थियो । आगलागी नियन्त्रण गर्ने क्रममा दुई अग्नि नियन्त्रक, एक प्रहरी अधिकारी र उद्धारमा खटिएका अन्य १० व्यक्ति घाइते भएका थिए । 

चेक सञ्चारमाध्यमहरूले उक्त व्यक्तिले घरायसी झगडापछि उक्त तलामा आगो लगाएको हुनसक्ने भन्दै समाचारहरूमा उल्लेख गरेका छन् । मारिएका मानिसहरूमा केही सदस्य आरोपितका आफन्त रहेको पनि बुझिएको छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.