दुस्मन मित्रहरू
आज यसै तपाईंलाई एउटा प्रश्न गरौं कि झै लाग्यो
के तपाईंका दुस्मन छन् ?
छैनन् ?
अहो बिरामी पर्दा
तपाईंलाई मरोस् भन्ने, तपाईं गाडीमा चढ्दा
गाडी भीबाट झरोस् भन्ने, तपाईंलाई कालले लैजाओस् भनेर रुद्री चण्डी लगाउने कोही छैन ?
अहो मलाई त यहाँनेर दुःख पो लाग्यो ।
छन् ?
उसोभा गज्जब ।
हेर्नुस्, दुस्मनबिनाको जीवन भनेको
घामबिनको धर्तीजस्तै हो ।
म धर्ती
दुस्मनहरु मेरा घाम ।
धर्तीलाई निरन्तर आगोको तातो दिने घाम नै धर्तीमा जीवनको
स्रोत हो ।
केके मात्र गर्दैन घामले धर्तीका लागि ।
जसरी कुनै दिन घाम लागेन भने
खोज्दछौँ नि हामी ।
म त त्यस्तै कुनै दिन दुस्मन देखिएनन् भने
खोजेरै कोही बनाउँदै हिँड्छु ।
यति क्षणभङ्गुर जीवन पनि के एक्लै विताउनु ?
यसो २, ४ गतिला दुस्मनसहित पो बाँच्न मजा आउँछ ।
साउथ इन्डियन थ्रिलर फिन्मझँै ।
फेरि यसै बनेका दुस्मन के दुस्मन ?
अझ टाढाका दुस्मन के दुस्मन ?
त्यही दुस्मन सबभन्दा शक्तिशाली हुन्छ
जो घरभित्रकै हुन्छ, गाउँकै हुन्छ, तपाईंलाई जानेकै हुन्छ, तपाईंलाई बुझेकै हुन्छ ।
म त यसै पनि दुस्मनहरुको माया गर्ने मान्छे
अझ आफ्नै मान्छेहरु दुस्मन भएपछि त उनीहरुको विशेष ख्याल गर्नु नै मेरो पहिलो कर्तव्य हो ।
संसारका शक्तिशाली नेताहरुले मुलुकहरुले आफँै लगानी गरेर दुस्मनहरु बनाउँछन् ।
मैले मेरो श्रमको मूल्य माग्दा शत्रुहरु कमाए ।
मलाई शत्रुहरु असाध्यै मन पर्दछन् ।
कवि मनु मञ्जिल र म उस्तैउस्तै छौँ,
मेरो यौटा दुस्मन छ, ऊ मलाई फोहोर जत्तिकै घृणा गर्दछ ।
म उसलाई फूल जत्तिकै मन पराउँछुु
म जिन्दगी नै आफूलाई असल मान्छे बनाउन
समर्पण गरेर हिँडेको मान्छे
दुस्मनहरु जहाँतहाँ भेटिइन्छन्
अझ म त मभित्रै दानव बोकेर हिँड्दछु
तपाईंले कस्लाई भेट्नुभयो ?
त्यो त नितान्त तपाईंको निजी कुरा भयो ?
म त्यही दिन असल मान्छे बन्नेछु
जब मेरा हरेक दुस्मन मरेर
तिनै मेरा परम मित्र बन्नेछन् ।