
हाँसीमजाकमै उचालेर पर्छादा मृत्यु

बुटवल । रुपन्देहीको सियारी गाउँपालिकामा हाँसीमजाकमै एकजनाको ज्यान गएको छ । वडानम्बर ३ सितापुर बस्ने ओमप्रकाश यादबले स्थानीय जंगबहादुर बेलदारलाई उचालेर पर्छादा ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मादक पदार्थ सेवन गरी हाँसी मजाक गर्ने क्रममा उचालेर पछार्दा जंगबहादुर बेलदारको ढाड र कम्मरमा चोट लागेको थियो । त्यसपछि उपचारका लागि मेडिकल कलेज भैरहवामा उपचारका क्रममा मृत्यु भएको हो ।
घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिए ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ