चिनीभित्र लुकाएर पेस्तोलको कारोबार
सोमबार, २६ साउन २०७७, १७ : ५३
जनकपुर । जनकपुरमा चिनीभित्र लुकाएर पेस्तोल ओसारपसारमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले जनकपुरको बाह«विघाबाट चिनीको झोलाभित्र पेस्तोल बोक्ने मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नम्बर ३ का २१ वर्षीय सुजित यादवलाई पक्राउ गरेको हो ।
धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रका अनुसार कालो रंगको प्लाष्टिकको झोलामा चिनीभित्र लुकाएको ४ दशमलव ५लेखिएको अटोमेटिक पेस्तोल १ थान र त्यसमा लाग्ने म्याग्जिन एक थानसहित यादवलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार यादव हतियार कारोवारी रहेको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका मुख्यमन्त्रीले बिहीबार विश्वासको मत लिने
-
जलवायु परिवर्तनबाट हिमाल जोगाउनका लागि कतारलाई राष्ट्रपतिको आग्रह
-
चिया निर्यात रोकिएपछि उद्योग वाणिज्य महासंघको ध्यानाकर्षण, व्यापार सम्झौता पुरा नगरेको आरोप
-
वीरगञ्जमा एक जनाको शव फेला
-
केपी ओलीको अभिनय : वान टेकमा ओके
-
राष्ट्रपति र कतारका राजाबिच आपसी सम्बन्ध मजबुत बनाउनेबारे छलफल