बाढीले ९ पसल बगे, एक जना वेपत्ता
बाजुरा । गएरातिबाट परेको वर्षासंँगै बुढीगंगा नदीमा आएको बाढीले बाजुराको गौमुल गाउँपालिका वडानम्बर २ मा रहेका ९ वटा पसल बगाएको छ । गाउँपालिका २ स्थित तल्लो जुगुनमा नदी किनारमा रहेका ९ वटा पसल बाढीले बगाएको हो । त्यस्तै बाढीका कारण ९ वटाघर जोखिममा परेका छन् । जोखिममा परेका घरका सदस्यहरुलाई खुला जमिनमा पाल टागेर राखिएको जिल्ला प्रहरीकार्यालायका प्रमुख डिएसपी टंक प्रसाद भट्टराईले रातोपाटीलाई जानकारी दिए ।
यसैबीच बाजुराको बडिमालिका नगरपालिका २ मा पनि बाढीले ठुलो क्षति गरेको स्थानीयले बताएका छन् । सो नगरपालिकामा १ जना महिला बेपत्ता हुनुका साथै २० घरसहित पुल बगाएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले जानकारी दिए । घागर २ बस्ने ६५ बर्षकी औशीदेवी महत्त बगेर बेपत्ता भएकी हुन् । उनको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । बेपत्ता महत वडा नं २ का वडाअध्यक्षका आमा रहेको प्रहरीले जनाएको स्थानीयका भैसी २,गोरु ३ र ४ वटा बाख्रा समेत बगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी