शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाबाट थप ४ जनाको मृत्यु, मृतकको कुल संख्या ७९ पुग्यो

सोमबार, २६ साउन २०७७, १६ : ५०
सोमबार, २६ साउन २०७७

काठमाडौं । कोरोना भाइरस (कोभिड—१९) बाट थप ४ जनाको मृत्यु भएको छ  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौंका २ तथा बाँके र पर्सामा १—१ जना रहेका छन् । 

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं महानगरपालिका—१० मध्यबानेश्वर बस्ने ७६ वर्षीय पुरुषको मेडिकेयर अस्पतालमा र काठमाडौंको कीर्तिपुर ट्याङ्लाफाट बस्ने ६४ वर्षीय पुरुषको आज निधन भएको हो ।
 यस्तै बाँकेको कोहलपुर नगरपालिका—२ का ७० वर्षिया महिलाको नेपालगञ्ज मेडिकल कलेज कोहपुरमा उपचारका क्रममा हिजो निधन भएको उनले बताए ।  २३ गते अस्पताल भर्ना भएकी महिला उच्च रक्तचापकी विरामी थिइन् । यस्तै पर्साको देवयानी—१५ का ४५ वर्षीया महिलाको साउन २५ गते नारायणी अस्थायी कोभिड अस्पतालमा निधन भएको उनले बताए । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ ।

यस्तै हालसम्म कुल संक्रमितको संख्या २३ हजार ३ सय १० रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप