मेडिसिटी अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु, वीरगञ्जमा पनि महिलाको मृत्यु
सोमबार, २६ साउन २०७७, १६ : २२
काठमाडौं । मेडिसिटी अस्पतालमा उपचाररत कोरोना संक्रमितको एक पुरुषको मृत्यु भएको छ । कलंकीका ६४ वर्षीय पुरुषको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ललितपुर जिल्ला स्वास्थ्य कार्यालय प्रमुख खगेश्वर गेलालले जानकारी दिए । असार ३१ गते स्वास्थ्यमा समस्या देखिएपछि उनको मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो ।
मृतक पुरुषलाई निमोनिया भएको ललितपुर स्वास्थ्य कार्यालयका वरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर गेलालले बताए । ती व्यक्ति मधुमेहका रोगी समेत रहेको अस्पतालले जनाएको छ । यस्तै सोमबार वीरगञ्जमा ४५ वर्षीया महिलाको कोरोना संक्रमण कै कारण मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी