शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एलजी नेपालको आधिकारीक वेवसाइट लन्च

सोमबार, २६ साउन २०७७, १६ : १२
सोमबार, २६ साउन २०७७

काठमाडौं । सि.जी. इलेक्ट्रोनिक्सले एल.जी. नेपालको आधिकारीक वेवसाइट www.lgnepal.com लन्च गरेको छ । यो वेबसाइटमार्फत उपभोक्ताले एल.जी. को घरायसी उत्पादनहरुको बारेमा जानकारी साथ साथै तुलना पनि गर्न सक्नेछन् । यस वेबसाईटमा उपभोक्ताहरुले मूल्य, विशेषता, वारेन्टी र कम्पनीले दिने छुटको बारेमा जानकारी पाउन सक्नेछन् । 

एल.जी.को कुनै पनि नयाँ उत्पादन आएको र सोको विशेषता यस वेबसाइटबाट प्राप्त गर्न सकिनेछ । एल.जी. को उत्पादनहरुमा आएको समस्या मर्मत र वारेन्टी दाबीका साथै अन्य सेवाहरु यस वेबसाइटबाट दर्ता र प्राप्त गर्न सकिनेछ ।

अब ग्राहक वर्गहरुलाई उत्पादन हेर्न तथा उत्पादनको विशेषता बुझ्न भौतिक पसलमा जान आवश्यक नपर्ने र विना कष्ट सजिलै सम्पूर्ण जानकारीका साथै आफुलाई चाहिने एल.जी.का उत्पादनहरु बुक पनि गर्न सकिनेछ । 

यस वेबसाइटले एल.जी.का सबै उत्पादनहरु जस्तै एल.ई.डि टि.भी, रेफ्रिजेरेटर, वासिङ मेसिन, ए.सी., एयर प्युरिफायर, भ्याकुम क्लिनर, माइक्रोवेभ वोभन, कन्डेन्सर ड्रायरहरु को बारेमा सम्पूर्ण जानकारी प्रदर्शन गर्दछ ।  

उपभोक्ताहरुले आफ्नो नजिकैको एल.जी. को शोरुम पनि यस वेबसाईटमा रहेको स्टोर लोकेटर मार्फत सजिलै पत्ता लगाउन र सम्पर्क गर्न सक्नेछन् । अन्य पनि धेरै विशेषताको साथ उपभोक्ताहरुको जिवनशैली सरल बनाउने लक्ष्यका साथ एल.जी. नेपाल डट कम वेबसाइट कम्पनिले ल्याएको र यसले एल.जी.का ग्राहक वर्गलाई अझ धेरै सुविधा प्राप्त हुनेछ भन्ने कम्पनीको विश्वास रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप