सेनको फिल्म ‘हु तु तु’मा हरिवंशदेखि प्रदीपसम्म
काठमाडौं । ‘प्रेम गीत’ सहित तीन सिक्वेल निर्माण गरेका निर्माता सन्तोष सेनले नयाँ निर्माणको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत ‘हु तु तु’ नामक फिल्म निर्माण घोषणा गरेका हुन् । फिल्म घोषणासहित उनले फिल्मका लागि छानिएका कलाकारको नाम समेत सार्वजनिक गरेका छन् ।
आसुसेन फिल्मस् प्रोडक्सनको ब्यानरमा बन्ने यो फिल्मका लागि हरिवंश आचार्य, राजाराम पौडेल, माओत्से गुरुङ, प्रदीप खड्का, पल शाह, नाजिर हुसेन, गौरव पहारी, सलोन बस्नेतलगायतका कलाकार छनौटमा परेका छन् । केही कलाकार अझै छनौट हुन बाँकी रहेको निर्माण युनिटले जनाएको छ ।
कमेडी जनरामा बन्ने यो फिल्म छेतेन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशन रहनेछ । फिल्मको लेखनका लागि अहिले निर्देशकद्वय गुरुङ र सेन यतिबेला पोखरा छन् । फिल्मको लेखन केही दिनमै सकेर काठमाडौ आफु फर्किने निर्माता निर्देशक सेनले बताए । ‘फिल्मको केही कलाकार समेत छिट्टै छनोट गरेर छायाँकनका लागि जुट्ने छौ’ सेनले थपे ।
सेनको निर्माण निर्देशन रहेको ‘प्रेम गीत ३’ कोरोनाका महामारीका कारण रिलिज स्थगित भएर बसेको छ । फिल्म आगामी चैत्र रिलिज गर्ने निमार्ण युनिटको योजना रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार